सत्ता गठबन्धनका सहयात्री दलहरु नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले चार–चार मन्त्रालय पाउने गरी मन्त्रालयको भागबण्डा टुंगो लागेको छ ।जनता समाजवादी पार्टीमा महासचिव बेदुराम भुसालका अनुसार उक्त पार्टीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास, कानून तथा संसदीय मामिला र श्रम तथा रोजगार मन्त्रालय पाउने भएको छ । भुसालका अनुसार एकीकृत समाजवादीले एक राज्यमन्त्री पनि पाउने भएको छ । तर, कुन मन्त्रालयको राज्यमन्त्री भन्ने टुंगो लाग्न बाँकी रहेको छ ।
एकीकृत समाजवादीबाट मन्त्री बन्ने व्यक्तिको नाम लगभग टुंगो लाग...