सहकारी विभागले बचत तथा ऋण सहकारीको अनुगमन प्रभावकारी बनाउन छुट्टै अनुगमन शाखा गठन गर्ने भएको छ । सहकारीमार्फत हुने कारोबारमा वृद्धिसँगै जोखिम पनि बढ्दै गएपछि विभागले अनुगमन क्षमता विस्तार गर्न लागेको हो ।
चार्टर्ड एकाउन्टेन्ट (सीए) को नेतृत्वमा एक जना सीए र दुईजना अधिकृतसहितको तथ्यांक तथा वित्तीय विश्लेषण शाखा गठन गर्न लागेको हो ।