आगामी नयाँ सरकार निर्माणमा आ संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेबीच सत्ता सहकार्य नहुने भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आएसँगै नयाँ सरकार गठनका सन्दर्भमा कांग्रेस-एमाले मिल्न सक्ने चर्चा गरिए पनि उनीहरूबीच सत्ता सहकार्य नहुने भएको छ ।वर्तमान पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेकोले एमाले प्रमुख प्रतिपक्षीको भूमिकामा रहने सम्भावना बढेको एमाले नेताहरूको बुझाइ छ । गठबन्धन दलहरूबी