स्याङ्जा २ मा मतगणना कि मतदान ? निर्वाचन आयुक्तहरुकै बाझियो मत

११ मंसिर, काठमाडौं । स्याङजा–२ को निर्वाचन विवादवारे अध्ययन गर्न स्थलगत टोली पठाउने कि नपठाउने भन्नेवारेमा निर्वाचन आयोगका पदाधिकारीहरुविच फरक मत देखिएको छ । गत बिहीबारको आयोगको बैठकमा सबै पदाधिकारीहरुको रायमा फरक मत राख्दै निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले प्रक्रियासम्मत रुपमा नै कामकारबाही भएकाले स्थलगत टोली पठाउन आवश्यक नभएको भनी राय दिएका हुन् । ‘चारजना आयुक्तले […]

सम्बन्धित सामग्री

स्याङ्जा–२ मा केहीबेरमा मतगणना सुरू हुँदै

स्याङ्जा क्षेत्र नंं. २ मा मतदान भएको १० दिनपछि मतगणना सुरु हुँदैछ  । निर्वाचन आयोगको निर्देशनपछि बुधबार बसेको सर्वदलीय बैठकले मतगणना सुरु गर्ने निर्णय गरेको हो । बुधबार राती ९ बजेबाट मतगणना सुरु हुने निर्वाचन कार्यालय स्याङ्जाले जनाएको हो । आयोगको स्थलगत टोलीको प्रतिवेदनको आधारमा गणना गर्न आयोगले निर्देशन दिएको हो । स्याङ्जा २ चापाकोट नगरपालिकाका ४ वटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरी फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पाटीले पुनः मतदानको माग गरेका थिए

बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नगर्ने निर्वाचन आयोगको निर्णय

१४ मंसिर, काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ । मंसिर ४ गते भएको निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशनसमेत दिएको छ । आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले भने, ‘ बाजुरा र स्याङ्जा २ […]

स्याङ्जा-२ मा राति ९ बजेदेखि मतगणना हुने

काठमाडौं । स्याङ्जा- २ मा बुधबार राति ९ बजेदेखि मतगणना हुने भएको छ । निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि जिल्लामा बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । नेकपा एमालेले विभिन्न केन्द्रमा बुथ कब्जा भएको भन्दै पुनः मतदान माग गरेको थियो । कांग्रेसले भने मतगणना गर्नुपर्ने माग गर्दै निर्वाचन अधिकृतको […]

स्याङ्जा–२ मा राति ९ बजेदेखि मतगणना हुने

स्याङ्जा – स्याङ्जा निर्वाचन क्षेत्र नं. २ को मतगणना आज बुधवार राति ९ बजेदेखि सुरु हुने भएको छ । आज बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।  गएकाे मङ्सिर ४ गते मतदान सम्पन्न भएको भए पनि विवादका कारण यस क्षेत्रमा मतगणना सुरु हुन सकेको थिएन ।  यसअघि आजै निर्वाचन आयोगले स्याङ्जाको निर्वाचन क्षेत्र नं. २ मा पुनः मतदान नगर्ने निर्णय गर्दै मतगणना गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । आयोगको निर्देशनपछि निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. २ मा सर्वदलीय बैठक बसेर...

बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नहुने, मतगणना थाल्न आयोगको निर्देशन

काठमाडौं : निर्वाचन आयोगले बाजुरा र स्याङ्जा २ मा पुनः मतदान नगर्ने निष्कर्ष निकालेको छ। बुधबार आयोगमा बसेको आयुक्तहरुको बैठकले तत्काल मतगणना अघि बढाउनु निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो। ‘आयोगले गठन गरेको छानबिन समितिको सिफारिसका आधारमा पुनः मतदान नगर्ने निष्कर्षमा पुगिएको हो’, निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले थाहाखबरसँग भने, ‘तत्काल मतगणना अघि बढाउन निर्देशन दिइएको छ।’स्याङ्जा–२ र बाजुरामा एमाले र काँग्रेसले एक–अर्

स्याङ्जा र बाजुरामा पुनः मतदान नहुने, मतगणना गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले स्याङ्जा र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ । बुधबार बसेको आयोगको बैठकले यसअघि भएको मतदानलाई नै मान्यता दिँदै ती जिल्लामा तत्काल मतगणना थाल्न निर्देशन दिइएको आयोगका सहसचिव यज्ञ भट्टराईले रातोपाटीलाई जानकारी दिए ।यसअघि ती जिल्लामा मतदानका क्रममा धाँधली, बुथ कब्जा भएको भन्दै नेकपा एमालेले उजुरी दिएपछि मतगणना कार्य रोकिएको थियो । आयोगले सहसचिवको नेतृत्वमा ती क्षेत्रको वास्तविकता पत्ता लगाउनका लागि सहसचिवको नेतृत्वमा छानबिन टोलीसमेत पठाएको थियो ।

स्याङ्जा २ को मतगणना अनिश्चित : मुसाबाट मतपेटिका जोगाउन चुनौती

स्याङ्जा – मतदान सम्पन्न भएको ११ दिन बितिसकेको भए पनि स्याङ्जा २ को मतगणना कहिले हुने अझै टुङ्गो छैन । कांग्रेस र एमाले फरक फरक माग राखेर निरन्तर दबाबमूलक कार्यक्रम गरिरहेका छन् । जसको कारण वालिङ बजारसमेत अस्तव्यस्त हुँदै आएको छ भने वालिङ नगरपालिकाको सेवा प्रवाह झण्डै दुई हप्तादेखि प्रभावित छ । मङ्सिर ४ गते नागरिकले दिएको मत सङ्कलन गरिएको मत पेटिका वालिङ नगरपालिकाको कार्यालयका कोठाहरुमा राखिएको छ । प्रत्यक्ष र समानुपातिक मतपेटिका फरक फरक ठाँउमा थन्क्याएपछि एमाले सडकमा आन्दोलन गर्न पुग्यो जसको कारण मतगणना अलपत्र पर्...

स्याङ्जा-२ को मतगणना अनिश्चित

वालिङ– मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि आजसम्म स्याङ्जा क्षेत्र नं २ को मतगणना हुन सकिरहेको छैन । वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसे पनि दलहरूबीच सहमति जुट्नाको साटो आ-आफ्नै अडानमा रहेकाले मतगणना सुरु हुन नसकेको हो । निर्वाचन अधिकृतको कार्यालयमा सबै मतदान केन्द्रबाट मतपेटिकाहरु ल्याई सुरक्षित राखिएको स्याङ्जा क्षेत्र नं २ का […]

स्याङ्जा २ को मतगणना अनिश्चित, आयोगको निर्णय पर्खिंदै

काठमाडौँ,७ मँसिर । मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि आजसम्म स्याङ्जा क्षेत्र नं २ को मतगणना हुन सकिरहेको छैन । वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसे पनि दलहरुबीच सहमति जुट्नाको साटो आ–आफ्नै अडानमा रहेकाले मतगणना सुरु हुन नसकेको हो । निर्वाचन अधिकृतको कार्यालयमा सबै मतदान केन्द्रबाट मतपेटिकाहरु ल्याई सुरक्षित राखिएको स्याङ्जा क्षेत्र नं […]

स्याङ्जा २ मा फर्जी मत खसालेको एमालेको आरोप,अन्योलमा  मतगणना

स्याङ्जा :  स्याङ्जा २  चापाकोट नगरपालिकाका विभिन्न बुथमा फर्जी मत खसालेको भन्दै  मतगणना अन्योलमा परेको छ। नेकपा एमालेका  केन्द्रीय  सचिव तथा उमेद्धवार  पद्मा अर्यालले फर्जि मत परेको भन्दै  पुनः मतदान गर्न  माग गरेकी छन्। आइतबार भएको निर्वाचनको मतगणना आउन सकेको छैन। कहिले मतगणना हुन्छ भन्ने यकिन हुन सकेको छैन।