स्याङ्जा – मतदान सम्पन्न भएको ११ दिन बितिसकेको भए पनि स्याङ्जा २ को मतगणना कहिले हुने अझै टुङ्गो छैन । कांग्रेस र एमाले फरक फरक माग राखेर निरन्तर दबाबमूलक कार्यक्रम गरिरहेका छन् । जसको कारण वालिङ बजारसमेत अस्तव्यस्त हुँदै आएको छ भने वालिङ नगरपालिकाको सेवा प्रवाह झण्डै दुई हप्तादेखि प्रभावित छ ।
मङ्सिर ४ गते नागरिकले दिएको मत सङ्कलन गरिएको मत पेटिका वालिङ नगरपालिकाको कार्यालयका कोठाहरुमा राखिएको छ । प्रत्यक्ष र समानुपातिक मतपेटिका फरक फरक ठाँउमा थन्क्याएपछि एमाले सडकमा आन्दोलन गर्न पुग्यो जसको कारण मतगणना अलपत्र पर्...