नेप्से साढे १२ अङ्कले बढ्यो, निफ्राका लगानीकर्ताले गुमाए पाँच प्रतिशत

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से बुधवार सामान्य बढेको छ । नेप्से १२ दशमलव ५६ अङ्कले बढेर २५ सय ९९ दशमलव शून्य सात विन्दुमा पुगेको छ । बुधवार जलविद्युत् र अन्य समूहको बाहेक अरू सबैजसो समूहको शेयर बढेको छ । बैंकिङ समूहको शेयर १५ अङ्कले, व्यापारको साढे एक, होटलको साढे ४६,  विकास बैंकको १८, फाइनान्सको ६,  निर्जीवन बीमाको एक सय ८४, उत्पादनको ५४, माइक्रो फाइनान्सको २२  र जीवन बीमा समूहको शेयर एक सय ८० अङ्कले बढेको छ । दुई सय चार कम्पनीका एक करोड ६७ लाख कित्ता शेयर ६ अर्ब ७० करोड रुप...

सम्बन्धित सामग्री

यो साता करीब ८ अर्बले घट्यो कारोबार रकम, लगानीकर्ताले २० अर्बभन्दा बढी गुमाए

काठमाडौं । यो साता नेप्से परिसूचकसँगै बजारका महत्त्वपूर्ण सूचकहरू गत साताको तुलनामा घटेका छन् । यो साता धितोपत्र बजारको समग्र कारोबार मापक नेप्से परिसूचक गत साताको तुलनामा शून्य दशमलव ६३ प्रतिशत अर्थात् १२ दशमलव ९३ अंकले घटेको छ ।  यो साता एक दिन सार्वजनिक बिदा परेकाले चार दिन मात्र बजार खुला भएको थियो । चार कारोबार दिनमा पहिलो कारोबार दिन १७ दशमलव शून्य १ अंक घटेको बजार दोस्रो दिन १० दशमलव १४ अंक बढेको थियो । त्यस्तै तेस्रो दिन १० दशमलव ८३ अंकले घटेको बजार चौथो दिन ४ दशमलव ७८ अंकले बढेर बन्द भएको छ ।  गत साताको अन्तिम कारोबार दिन २ हजार ४८ दशमलव ५७ अंकमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ३५ दशमलव ६४ विन्दुमा बन्द भएको हो । ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स अघिल्लो साताभन्दा १ दशमलव ७३ प्रतिशत घटेर ३५९ दशमलव शून्य ९ विन्दुमा झरेको छ । यतिबेला लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको ब्रोकरहरू बताउँछन् । सरकारले नै विशेष चासोका साथ धितोपत्र बजारलाई हेरिरहेको अवस्थामा लगानीकर्ता केही आशावादी देखिएको ब्रोकरहरूको बुझाई छ । बजारमा पर्याप्त तरलता र कम ब्याजदरका बावजुत पनि लगानीकर्ता उत्साहित नहुनुको पछाडि अस्थिर नीति रहेको ब्रोकरहरू बताउँछन् ।  यतिबेला अर्थमन्त्री वर्षमान पुनले धितोपत्र बजारसँग सम्बन्धित तीनओटै निकायबाट बजारको लागि तत्काल समाधान गर्न सकिने कामको प्रतिवेदन लिएका छन् । ती कामहरूको अध्ययन र आवश्यकतालाई लिएर तत्काल केही नयाँ नीति आउने सम्भावनालाई पनि गहनतापूर्वक लिएको लगानीकता बताउँछन् । धितोपत्र बजार सूचनामा आधारित बजार भएकाले यो क्षेत्रसँग जोडिएर आउने हरेक सूचनाले बजारलाई प्रभावित पार्ने भएकाले लगानीकर्ता यतिबेला पर्ख र हेरकै अवस्थामा रहनुपरेको बताउँछन् । अन्योलबीच यो साता चार कारोबार दिनमा ९ अर्ब ७३ करोड २३ लाख रुपैयाँभन्दा बढीको २ करोड ६५ लाख ६४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबारमा लगानीकर्ता सहभागी भएका छन् । गत साता भने पाँच कारोबार दिनमा १७ अर्ब ७१ करोड ६८ लाख रुपैयाँभन्दा बढीको ५ करोड ३३ लाख ४२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । गत साताको तुलनामा यो साता कारोबार रकम ७ अर्ब ९८ करोड ४५ लाख रुपैयाँभन्दा बढीले र कारोबार कित्ता २ करोड ६७ लाख ७७ हजारभन्दा बढीले घटेको छ । अघिल्लो साताभन्दा गत साता औसत कारोबार रकम १ अर्ब ११ करोडभन्दा बढीले र औसत कारोबार कित्ता ४० लाख २७ हजारभन्दा बढीले घटेको नेप्सेको तथ्याङ्कले देखाउँछ । गत साता औसतमा ३ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको १ करोड ६ लाख ६८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता २ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको ६६ लाख ४१ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ ।  यो साता घटेको बजारमा लगानीकर्ताको सम्पत्ति मूल्य २० अर्ब ४९ करोड रुपैयाँभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४८ अर्ब २५ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३२ खर्ब २७ अर्ब ७६ करोड रुपैयाँ कायम भएको हो । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।  सर्वोत्तम सिमेन्टको लगातारको सकारात्मक सर्किटले उत्पादन तथा प्रशोधनको परिसूचक करीब ८ प्रतिशत बढ्यो  यो साताको कारोबारमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक ७ दशमलव ८४ प्रतिशत बढेको छ । उत्पादन तथा प्रशोधन समूहसँगै म्युचुअल फण्डको शून्य दशमलव ९३ प्रतिशत, जलविद्युतको शून्य दशमलव ३९ प्रतिशत र लगानी समूहको शून्य दशमलव २२ प्रतिशत परिसूचक बढेको छ ।  यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले घटेपनि उत्पादन तथा प्रशोधन समूहको परिसूचकमा भने आकर्षक वृद्धि देखिएको छ । यो समूहअन्तर्गत सूचीकृत सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्य पहिलो कारोबार दिनदेखि नै सकारात्मक सर्किट लेभलमा वृद्धि भएसँगै समग्र समूहगत परिसूचकमा सकारात्मक प्रभाव परेको हो ।  हालसम्म सर्वोत्तम सिमेन्टको सात दिन कारोबार भएको छ । चैत ५ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको कम्पनीको शेयर कारोबार चैत ६ गतेदेखि भएको हो । प्रतिकित्ता ५५६ रुपैयाँमा पहिलो कारोबार भएको सर्वोत्तम सिमेन्टको शेयर मूल्य सातांै कारोबार दिनसम्म आइपुग्दा १ हजार ८२ रुपैयाँ ७० पैसा कायम भएको छ । यो साता लघुवित्त समूहको परिसूचक सर्वाधिक घटेको छ । लघुवित्तको ३ प्रतिशत परिसूचक घटेको हो । त्यस्तै वित्तको २ दशमलव १४ प्रतिशत, विकास बैंकको २ दशमलव शून्य ७ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ९९ प्रतिशत, बैंकिङको १ दशमलव ८७ प्रतिशत, जीवन बीमाको १ दशमलव ६५ प्रतिशत, व्यापारिकको १ दशमलव ५९ प्रतिशत, अन्यको शून्य दशमलव ६८ प्रतिशत र होटल तथा पर्यटन समूहको शून्य दशमलव शून्य ६ प्रतिशत परिसूचक घटेको छ ।  स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

यो साता करीब १० प्रतिशत घट्यो कारोबार रकम, लगानीकर्ताले करीब २५ अर्ब गुमाए

काठमाडौं । यो साता धितोपत्र दोस्रो बजारमा गत साताको तुलनामा करीब १० प्रतिशत कम कारोबार भएको छ । बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दिएको जानकारी अनुसार गत साता २५ अर्ब ९९ करोड रुपैयाँभन्दा बढीको ७ करोड ५४ लाख ४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता २३ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको ६ करोड ४५ लाख ४३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।  गत साताको तुलनामा यो साता कारोबार रकम २ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी र कारोबार कित्ता १ करोड ८ लाख ६० हजारभन्दा बढीले घटेको हो । औसतमा यो साता ४ अर्ब ६८ करोड ४१ लाख रुपैयाँभन्दा बढीको १ करोड २९ लाख ८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । गत साता औसतमा ५ अर्ब १९ करोड ९९ लाख रुपैयाँभन्दा बढीको १ करोड ५० लाख ८० हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । औसतमा यो साता गत साताको तुलनामा कारोबार रकम ५१ करोड ५८ लाख रुपैयाँभन्दा कम र कारोबार कित्ता २१ लाख ७२ हजारभन्दा कम भएको हो ।  समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक पनि यो साता १७ दशमलव शून्य ८ अंक तल झरेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ८४ दशमलव शून्य ९ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ६७ दशमलव शून्य १ विन्दुमा झरेको हो ।  यो साता पाँच कारोबार दिनमा नेप्से परिसूचक शुरुका तीन कारोबार दिन निरन्तर बढेको थियो भने पछिल्लो दुई कारोबार दिन निरन्तर घटेको थियो । पहिलो कारोबार दिन १० दशमलव ३७ अंक, दोस्रो दिन १० दशमलव २६ अंक र तेस्रो कारोबार दिन १४ दशमलव ८८ अंक बढेको नेप्से चौथो कारोबार दिन २१ दशमलव ६७ अंक र पाँचौं कारोबार दिन ३० दशमलव ९२ अंक घटेको हो ।  लगानीकर्ता बजार अझै माथि जाने आशामा रहेको देखिए पनि बजारमा माग भने बढ्न नसकेको अवस्था छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि लगानीको माग भने कम रहेको बैंकरहरू बताउँछन् । यस वर्ष सूचीकृत कम्पनीहरूको लाभांशमा आकर्षित हुने अवस्था नरहेकाले पनि बजारमा लगानी कम भएको बुझाई ब्रोकरहरूको छ ।  लगानीकर्ता उत्साहित नहुँदा सातामै कुल बजार पूँजीकरण २४ अर्ब ९७ करोड रुपैयाँभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ७३ अर्ब ३७ करोड रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४८ अर्ब ३९ करोड रुपैयाँ कायम भएको हो । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) । यो साता अन्य समूहका लगानीकर्ताले सर्वाधिक कमाए  यो साताको कारोबारमा तीन समूहगत परिसूचकहरू गत साताको तुलनामा बढेका छन् । अन्य समूहको परिसूचक गत साताको तुलनामा सर्वाधिक ३ दशमलव ८५ प्रतिशत बढेको हो । योसँगै व्यापारिक समूहको शून्य दशमलव ६४ प्रतिशत र जलविद्युत समूहको परिसूचक शून्य दशमलव शून्य ३ प्रतिशत बढेको छ । यो साता होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २ दशमलव ९७ प्रतिशत घटेको छ । त्यस्तै लघुवित्तको २ दशमलव ३४ प्रतिशत, म्युचुअल फण्डको २ दशमलव २३ प्रतिशत, बैंकिङको २ दशमलव १३ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ८४ प्रतिशत, विकास बैंकको १ दशमलव ६६ प्रतिशत, जीवन बीमाको १ दशमलव शून्य ८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ५५ प्रतिशत वित्तको शून्य दशमलव ४१ प्रतिशत र लगानी समूहको शून्य दशमलव शून्य ५ प्रतिशत परिसूचक घटेको छ । परिसूचकमा देखिएको परिवर्तनका आधारमा यो साता अन्य समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने होटल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

यो साता ७९.९५ अंकले घट्यो नेप्से परिसूचक, लगानीकर्ताले १ खर्बभन्दा बढी गुमाए

चैत २६, काठमाडौं । यो साता नेप्से परिसूचक ७९ दशमलव ९५ अंक घटेको छ । पछिल्लो समय २ हजार ८४८ दशमलव ८४ विन्दुदेखि ओरालो लागेको नेप्से परिसूचक २ हजार ४६४ दशमलव ३५ विन्दुमा झरेको हो । गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २ हजार ५४४ दशमलव ३० विन्दुमा रहेको थियो । अघिल्ला सातासम्म बढ्दै घट्दै गरेको नेप्से परिसूचक गत सातादेखि निरन्तर ओरालो लागेको हो । गत सातादेखि यो साताको अन्त्यसम्मको कारोबारमा नेप्से परिसूचक दुई दिन मात्र बढेको छ । यो साता अन्तिम कारोबार दिन बजार ३५ दशमलव ६९ अंकले बढेर बन्द भएको छ । साताको बजारका सूचकहरुको अवस्था : स्रोत : नेपाल स्टक एक्सचेञ्ज बजार निरन्तर घटेर न्यून विन्दुमा आएकाले सस्तोमा शेयर खरीद गर्ने सक्रिया हुँदा बिहीवार बजारमा सुधार देखिएको ब्रोकरहरुको भनाइ छ । देशको अर्थतन्त्र विग्रदै गएको अवस्थामा सरकारले सुधारको पहल गर्ने आशामा लगानीकर्ता रहेको ब्रोकरहरुको बुझाइ छ । बिहीवार बजार सुधारिनुलाई लगानीकर्ताहरुले भने अब बजार फर्किएको संकेत गरेका छन् । पूँजीबजार विश्लेषक विण्णु प्रसाद बस्यालले अब बजार माथीनै जाने विश्लेषण गरेका छन् । बजार सपोर्ट जोनलाइतिर आइसकेकाले अब पनि तल झर्ने सम्भावना कम रहेको उनको विश्लेषण छ । कम जोखिम मानिने वाणिज्य बैंकको शेयरमूल्य निकै तल आएकाले अवको दिनमा यो क्षेत्रप्रति लगानीकर्ताको आकर्षण बढ्ने अनुमान उनले गरे । बजारको सर्वाधिक हिस्सा ओगटेको वाणिज्य क्षेत्रको शेयर खरीद चाप बढ्दा समग्र बजारलाई सकारात्मक प्रभाव पार्ने तर्क बस्यालले गरेका छन् ।  समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक घटेको यो साता ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ७२ अंक घटेको छ । गत साता ४७५ दशमलव ४७ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४६३ दशमलव ७५ विन्दुमा झरेको हो । कारोबार पनि गत साताभन्दा यो साता कम भएको छ । गत साता रू. १३ अर्ब ४२ करोड ५७ लाखभन्दा बढीको २ करोड ६० लाख ६१ हजार ६१५ कित्ता धितोपत्र कारोबार भएकोमा यो साता रू. ९ अर्ब ८३ करोड ४१ लाखभन्दा बढीको २ करोड २३ लाख ४९ हजार ५११ कित्ता मात्र धितोपत्र कारोबार भएको हो । गत साताभन्दा यो साता रू.३ अर्ब ५९ करोड १५ लाख बराबरको ३७ लाख १२ हजार १०४ कित्ता कम धितोपत्र कारोबार भएको हो । यो साता लगानीकर्ताहरुले रू. १ खर्ब १३ अर्ब ५१ करोड ११ लाख गुमाएका छन् । गत साता रू. ३६ खर्ब १२ अर्ब २७ करोड २२ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. ३४ खर्ब ९८ अर्ब ७६ करोड २३ लाखमा झरेको हो । नेप्से परिसूचक ओरालो लाग्दा सूचीकृत कम्पनीहरुको शेयरमूल्यमा कमि आउँदा कुल बजार पूँजीकरण घट्न पुगेको हो ।  होटल्स तथा पर्यटन समूह बाहेक सबै समूहको उपसूचक घट्यो  यो साता कारोबारमा आएका १३ ओटा समूहगत उपसूचकहरुमध्ये होटल्स तथा पर्यटन समूहको मात्र उपसूचक बढेको छ भने बाकी समूहको घटेको छ । होटल्स तथा पर्यटन समूहको उपसूचक यो साता १ दशमलव ९१ प्रतिशत बढेको हो । गत साता ३ हजार ८२ दशमलव १४ विन्दुमा रहेको होटल्स तथा पर्यटन समूहको उपसूचक यो साता ३ हजार १४० दशमलव ८६ विन्दुमा पुगेको हो ।  गत साताको तुलनामा यो साता निर्जीवन बीमा समूहको सर्वाधिक ६ दशमलव ५५ प्रतिशत उपसूचक घटेको छ । यस आधारमा यो साता सर्वाधिक गुमाउनेमा निर्जीवन बीमा समूहका लगानीकर्ताहरु रहेका छन् । पूँजी बृद्धिको अभियान चर्चामा रहेको अवस्थामा निर्जीवन बीमा कम्पनीहरुको शेयरमूल्यमा भने खासै प्रभाव परेको देखिदैन ।  यो साता निर्जीवन बीमा समूहपछि वित्त समूहको ५ दशमलव १७ प्रतिशत, ब्यापारिक समूहको ४ दशमलव ५३ प्रतिशत, जलविद्युत समूहको ४ दशमलव १८ प्रतिशत, लगानी समूहको ४ दशमलव १२ प्रतिशतले घटेको छ । यसैगरी जीवन बीमा समूहको ४ दशमलव शून्य ३ प्रतिशत, अन्य समूहको ४ दशमलव शून्य २ प्रतिशत, विकास बैंक समूहको २ दशमलव २५ प्रतिशत, लघुवित्त समूहको २ दशमलव ९८ प्रतिशत, बैंकिङ समूहको १ दशमलव ८७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ४० प्रतिशत र म्चुचुअल फण्ड समूहको १ दशमलव शून्य ९ प्रतिशत उपसूचक घटेको छ ।  सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई शुक्रवार निलम्बन गरेसँगै पूँजीबजार क्षेत्रका लगानीकर्ताहरुले मिश्रित प्रतिक्रियाहरु व्यक्त गरेका छन् । कतिपय लगानीकर्ताहरुले गर्भनरलाई ढिलै भएपनि निलम्बन गरेर स्वागतयोग्य निर्णय गरेको भनी प्रतिक्रिया दिएका छन् भने कतिपयले आर्थिक संकटको समयमा गभर्नरलाई निलम्बन गरेर गलत कदम चालेको बताएका छन् । ता पनि सरकारको यो कदमप्रति पूँजीबजार क्षेत्रले आगामी दिनमा कसरी हेर्छ र मूल्यांकन गर्छ त्यसमा नै आधारित भएर साताको पहिलो कारोबार दिन आइतवार बजार अगाडि बढ्ने देखिएको छ । साताव्यापी समूहगत परिसूचकमा भएको थपघट : स्रोत : नेपाल स्टक एक्सचेञ्ज

२६१०.५८ विन्दुमा नेप्से, हाइड्रोपावर समूहका लगानीकर्ताले सर्वाधिक गुमाए

फागुन १६,काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार पनि नेप्से परिसूचक ४३ दशमलव १२ अंकले घटेको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ६१० दशलमव ५८ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२७ ओटा धितोपत्रको ७८ लाख ३४ हजार ९१५ कित्ता शेयर ५४ हजार १२१ पटकमा रू. ३ अर्ब ६६ करोड १ लाख ९ हजार ६७ मा खरीदविक्री भएको छ ।  कारोबारमा आएका धितोपत्रमध्ये ११ प्रतिशत एनआईसी एशिया डिबेञ्चर ०८२/ ८३ नामक डिबेञ्चरको मूल्य २ प्रतिशत वृद्धि भएर रू.१ हजार २० कायम भएको छ ।  त्यसैगरी दोस्रोमा सनराइज ब्लूचिप फण्डको इकाई मूल्य १ दशमलव ६५ प्रतिशत बढेर रू. ८ दशमलव ६० कायम भएको छ । त्यसैगरी सोमवार तेह्रथुम पावर कम्पनी र सामलिङ पावर कम्पनीको शेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ । यी दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनमा १० प्रतिशत घटेसँगै नेकारात्मक सर्किट लागेको हो । यो दिन तेह्रथुम पावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७०९ दशमलव २० र सामलिङ पावर कम्पनीको रू. ७११ मा झरेको छ ।  त्यसैगरी यो दिन सर्वाधिक शेयर खरीदविक्री भने अपि पावर कम्पनीको भएको छ । उक्त कम्पनीको रू. १६ करोड ९ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.४९८ दशमलव ९० कायम भएको छ । यस्तै यो दिन सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा अरुण भ्याली हाइड्रोपावर कम्पनी रहेको छ । उक्त कम्पनीको रू.१४ करोड ९४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।  यो दिन कारोबारमा आएका १३ ओटा समूहकै समग्र परिसूचक घटेसँगै नेप्से परिसूचक पनि घटेको छ । सोमवार सबैभन्दा बढी हाइड्रोपावर समूहका लगानीकर्ताले गुमाएका छन् । उक्त समूहको परिसूचक ३ दशमलव शून्य ९ प्रतिशत घटेसँगै लगानीकर्ताले धेरै गुमाएका छन् । आइतवार भने एमसीसी सम्झौता पारित हुने खबरले हाइड्रोपावर समूहको परिसूचक बढेको थियो ।   त्यसैगरी समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको परिसुचक शून्य दशलमव ९१ प्रतिशत, व्यापार समूहको २ दशमलव ९५ प्रतिशत,होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ८४ प्रतिशत,विकास बैंक समूहको १ दशमलव ६३ प्रतिशतले घटेको छ । त्यस्तै वित्त समूहको २ दशमलव शून्य ६ प्रतिशत,निर्जीवन बीमा समूहको २ दशमलव २५ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको २ प्रतिशत,अन्य समूहको १ दशलमव ५३ प्रतिशत,लघुवित्त समूहको १ दशमलव २३ प्रतिशत,जीवन बीमा समूहको २ दशमलव शून्य ९ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशलमव १३ प्रतिशत र लगानी समूहको परिसूचक २ दशमलव १७ प्रतिशतका दरले घटेको छ ।  त्यसो त अहिले धमाधम बोनस शेयर सूचीकृत भइरहेको छ । यसले गर्दा बजारमा थप शेयर वितरण हुने देखिन्छ । अझै वित्तीय प्रणालीमा सहजरुपमा तरलता उपलब्ध हुन सकिरहेको छैन । र यहि बीचमा बैंकहरुले पनि ब्याजदर वृद्धि गरेका छन् । यी कारणले गर्दा पनि शेयर बजार प्रभावित भएको जस्तो देखिएको छ ।

यो साता १५१.३६ अंकले घट्यो नेप्से परिसूचक, लगानीकर्ताले २ खर्बभन्दा बढी गुमाए

माघ १५, काठमाडौं। यो साता धितोपत्र दोस्रो बजारका सबै सूचकहरु नकारात्मक देखिएका छन् । गत साताको तुलनामा यो साता नेप्से परिसूचकसँगै समग्र समूहगत परिसूचकमा पनि कमि आएको हो । गत साताको भन्दा यो साता नेप्से परिसूचक १५१ दशमलव ३६ अंक तल झरेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ९३१ दशमलव ३४ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ७७९ दशमलव ९८ विन्दुमा झरेको हो । यो साता पाँच कारोबार दिनमा अन्तिम दिन मात्र बजार ३ दशमलव ३३ अंकले बढेको छ । पहिलो दिनदेखि चौथो दिनसम्म बजार निरन्तर घटेको थियो । पहिलो दिन १० दशमलव ८३ अंक, दोस्रो दिन ९९ दशमलव ८६ अंक, तेस्रो दिन ५ दशमलव ५९ अंक र चौथो दिन ३८ दशमलव ४२ अंक बजार घटेको हो । पछिल्लो समय करीब दुई महीनामा बजार ६७१ अंकभन्दा माथि पुगेको थियो । यो बीचमा नाफा कमाएकाहरुले नाफा बुक गर्दा पछिल्लो समय बजार प्रभावित बनिरहेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पूँजीको अभावका कारण पनि पूँजीबजारमा लगानी घटेको हो । यो साता नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि २५ दशमलव शून्य २ अंकले घटेको छ । गत साता ५४३ दशमलव ७४ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५१८ दशमलव ७२ विन्दुमा झरेको हो । गत साता रू. ३७ अर्ब ८१ करोड ६० लाख ५९ हजार बराबरको ७ करोड ६५ लाख ६० हजार ६२७ कित्ता शेयर कारोबार भएकोमा यो साता रू. २८ अर्ब ९७ करोड १२ लाख ६१ हजार बराबरको ५ करोड ७५ लाख ८६ हजार ६९२ कित्ता मात्र शेयर कारोबार भएको छ । गत साताभन्दा यो साता रू. ८ अर्ब ८४ करोड ४७ लाख ९७ हजार बराबरको १ करोड ८९ लाख ७३ हजार ९३५ कित्ता कम शेयर कारोबार भएको हो । चार कारोबार दिन घटेको बजारबाट यो साता लगानीकर्ताहरुले रू. २ खर्ब १३ अर्ब ८९ करोड ६६ लाख बराबरको सम्पत्ति गुमाएका छन् । गत साता रू. ४१ खर्ब ४२ अर्ब ५३ करोड रहेको कुल बजार पूँजीकरण यो साता रू. ३९ खर्ब २८ अर्ब ६३ करोड ४२ लाखमा झरेको हो । यो साता विकास बैंक र वित्त समूहका लगानीकर्ताले सर्वाधिक गुमाए यो साता कारोबारमा आएका सबै समूहगत परिसूचकहरु गत साताको तुलनामा घटेका छन् । १३ समूहमध्य यो साता विकास बैंक र वित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका हुन । यो साता वित्त समूहको ८ दशमलव ८५ प्रतिशत, विकास बैंकको ८ दशमलव ११ प्रतिशत परिसूचक घटेको हो । त्यस्तै जलविद्युत समूहको ७ दशमलव ३० प्रतिशत , लगानी समूहको ६ दशमलव ४७ प्रतिशत, व्यापारिक समूहको ६ दशमलव ३१ प्रतिशत, होटल्स तथा पर्यटन समूहको ५ दशमलव ७२ प्रतिशत , बैंकिङ्ग समूहको ५ दशमलव ३२ प्रतिशत, लघुवित्त समूहको ४ दशमलव ७७ प्रतिशत परिसूचक घटेको छ ।  यस्तै निर्जीवन बीमाको ३ दशमलव ७६ प्रतिशत, उत्पादन तथा प्रशोधनको ३ दशमलव ५५ प्रतिशत, म्युचुअल फण्डको ३ दशमलव ४३ प्रतिशत, जीवन बीमा समूहको ३ दशमलव २८ प्रतिशत र अन्य समूहको २ दशमलव ५० प्रतिशत परिसूचक घटेको छ ।

३८.४२ अंकले घट्यो नेप्से परिसूचक, वित्त समूहका लगानीकर्ताले सवैभन्दा धेरै गुमाए

माघ १२, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३८ दशमलव ४२ अंकले घटेको छ ।  यो दिन नेप्से परिसुचक २ हजार ७७६ दशमलव ६५ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २३३ ओटा धितोपत्रको ९३ लाख ५८ हजार ७०० कित्ता शेयर ६१ हजार ४  पटकमा रू. ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ दशमलव १७ मा खरीदविक्री भएको छ । कारोबारमा आएका ती धितोपत्रहरु मध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यो दिन विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार २१६ दशलमव ६० र बुद्धभुमि नेपाल हाइड्रोपावरको रू. ४६३ दशमलव २० पुगेको हो ।  त्यसैगरी यो दिन बुधवार सबैभन्दा बढी पोखरा फाइनान्सका शेयरधनीले गुमाएका छन् । अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ५ दशमलव ५९ प्रतिशतले शेयरमूल्य घटेसँगै कम्पनीको शेयरधनीले सर्वाधिक गुमाएका छन् । शेयर मूल्य प्रतिकित्ता रू.५५६ मा झरेको हो । त्यसैगरी दोस्रोमा सेन्ट्रल फाइनान्सको शेयरमूल्य ४ दशमलव २८ प्रतिशत घटेर प्रतिकित्ता रू.४७० कायम भएको छ ।  बुधवार सर्वाधिक शेयर खरीदविक्री अपि पावर कम्पनीको भएको छ । यो दिन कम्पनीको रू. १६ करोड ७७ लाख ५७ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५१२ कायम भएको छ । त्यसैगरी दोस्रोमा अरुण भ्याली हाइड्रोपावरको रू. १३ करोड ५५ लाख ६७ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहगत परिसूचक समग्र घटेसँगै नेप्से परिसूचक घटेको हो ।  यो दिन सबैभन्दा बढी वित्त समूहका लगानीकर्ताले गुमाएका छन् । उक्त समूहको परिसूचक २ दशमलव ४२ प्रतिशत घटेको छ । त्यसैगरी बैंकिङ समूहको परिसूचक १ दशमलव २४ प्रतिशत, व्यापार समूहको परिसूचक १ प्रतिशत,होटल एण्ड टुरिजम समूहको शून्य दशलमव १६ प्रतिशत, विकास बैंक समूहको १ दशमलव ६९ प्रतिशतले घटेको छ ।  यस्तै हाइड्रोपावर समूहको १ दशमलव ५९ प्रतिशत,निर्जीवन बीमा समूहको १ दशमलव ११ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ७५ प्रतिशत,अन्य समूहको १ दशमलव १४ प्रतिशत,लघुवित्त समूहको १ दशमलव १७ प्रतिशत,जीवन बीमा समूहको १ दशमलव ६९ प्रतिशत,म्युचुअल फण्ड समूहको १ दशमलव १२ प्रतिशत र लगानी समूहको परिसूचक २ दशमलव १७ प्रतिशतका दरले घटेको छ ।    अघिल्लो  साता ३ हजारभन्दा माथि पुगेको नेप्से  यो दिन २ हजार ८०० मुनि झरेको छ । सामान्य उतारचढाव भएकाका कारण यो साताको शुरुवातदेखि नै नेप्से ओरालो लागिरहेको छ ।

१२ अंकले घट्यो सेयर बजार, विशाल बजारका लगानीकर्ताले गुमाए १० प्रतिशत

बिहीबार सेयर बजारको परिसूचक नेप्से १२ अंकले घटेको छ। सो अंक घटेसँगै परिसूचक २६३७ अंकमा कायम भएको छ।