सुन्दरहरैँचा- बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरी बल (एपिएफ) फाइनल यात्रामा पुग्न सफल भएको छ । मोरङको लक्ष्मीमार्गमा जारी पाँचौँ संस्करणको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम एपिएफसँग सोमबार २-१ गोलअन्तरको हार ब्यहोर्नु पर्दा आयोजक उपाधि नजिक पुग्न नसकेको हो । घरेलु मैदानमा आयोजकलाई रोक्दै साविक विजेता एपिएफले […]