धनुषा – धनुषाका दुई पालिकामा गरिएको एक अध्ययनले मलेसिया र खाडी देशमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी भएको देखाएको छ ।
बेलायतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरिएको एक अध्ययनले नेपालमै बसोबास गर्नेभन्दा खाडीका देश र मलेसियामा काम गरेर फर्किएका नेपालीमा मिर्गौला समस्या बढी देखाएको हो ।
अध्ययनका क्रममा दुई वर्ष खाडीका छ देश कतार, साउदी अरब, कुवेत, ओमान, युएई, बहराइन र मलेसियामा काम गरी फर्किएका तर नेपाल फर्किएको एक वर्ष पूरा नगरेका श्रमिक ...