कलाकार पल्पसा डंगोलको अस्पताल भर्ना, मिर्गौलाको समस्या

चम्सुरी नामले परिचित कलाकार पल्पसा डंगोलको मिर्गौलामा समस्या देखिएपछि अस्पताल भर्ना भएकी छिन् । महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएकी उनको उपचार जारी रहेको निर्देशक समेत रहेकी कलाकार दीपाश्री निरौलाले जानकारी दिइन् । उनले मिर्गौला समस्याका कारण केही समयदेखि डायोलोसिस गर्दै आएकी थिइन् । अहिले भने डायोलोसिस गर्न समेत समस्या परेकोले डाक्टरले उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएका छन् । निरौलाले उनलाई सहयोग गर्न आह्वान गरेकी छन् ।

सम्बन्धित सामग्री

भारतीय अभिनेता अनुपम श्यामको निधन

बलिउडका अभिनेता अनुपम श्यामको निधन भएको छ। ६३ वर्षको उमेरमा उनको सोमवार गोरेगाउँको लाइफलाइन अस्पतालमा निधन भएको हो। उनलाई लामो समयदेखि मिर्गौलाको समस्या थियो। मिर्गौलाकै समस्याका कारण चारदिन अघि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको हो। उनलाई उच्च रक्तचाप र मधुमेहको समेत समस्या थियो। साथै, दुई दिन भेन्टिलेटरमा…

प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ । उहँँको मुटुको धड्कन बढ्ने समस्या देखिएपछि मनमोहन सेन्टर पुर्‍याइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीलाई अहिले मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरमा राखिएको छ । स्रोतका अनुसार उहाँमा मिर्गौलाको समस्या...