एजेन्सी। भारतमा आर्थिक वर्ष २०२०-२१ मा औषधि निर्यात १८ प्रतिशत बढेको छ। सन् २०१९-२० मा २०.५८ अर्ब डलर औषधि निर्यात गरेको भारतले २०२०-२१ मा २४.४४ अर्ब डलरबराबरको औषधि निर्यात गरेको छ। भारतीय औषधि निर्यात बढिरहँदा विश्वबजारमा हल्का संकुचन आइरहेको थियो। भारतमा बनेका औषधि गुणस्तरीय र किफायती भएकाले माग बढेको भारत सरकारको भनाइ छ।