३७ प्रतिशतले बढ्यो निर्यात व्यापार

काठमाडौं। नेपालको निर्यात व्यापार ३७ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को ११ महिना (साउन–जेठ)मा नेपालको व्यापार एक खर्ब २१ अर्ब २५ करोडको निर्यात भएको छ। राष्ट्र बैंककाअनुसार गत आर्थिक वर्ष २०७६/७७ को यही अवधिमा नेपालको निर्यात जम्मा ०.२ प्रतिशतले सुधारिएको छ। यस अवधिमा भारतसँग कुल निर्यातको सबैभन्दा धेरै ४३।३ प्रतिशत निकासी भएको छ।

सम्बन्धित सामग्री

४१ प्रतिशतले बढ्यो निर्यात व्यापार, एक वर्षमा दुई खर्बको वस्तु निर्यात

काठमाडौँ – गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको निर्यात व्यापार ४१.४ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालले विभिन्न देशमा २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख ८० हजार रुपैयाँको वस्तु […]

२० प्रतिशतले बढ्यो निर्यात व्यापार

काठमाडौं। चालू आर्थिक वर्षको नौ महिने अवधिमा नेपालको निर्यात व्यापार २०.२ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार उक्त वृद्धिसँगै नेपालको कुल निर्यात ९४ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। यस्तै, तथ्यांकअनुसार भारतमा २३.५ प्रतिशतले बढेको निर्यात चीनतर्फ भने २७.३ प्रतिशतले घटेको छ। यही अवधिमा १३.१ प्रतिशतले आयात बढेर ११ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ।

पूर्वी नाकाबाट बढ्यो निर्यात

पूर्वी नाकाबाट नेपाली वस्तुको निर्यात व्यापार उल्लेख्य बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म आठ महिनामा ७ अर्ब ९६ करोड रुपैयाँ बराबरको नेपाली वस्तु निर्यात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जानकारी दिएको छ ।