‘आगामी वैशाखसम्ममा सबैलाई कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा’

काठमाडौं (अस) । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आगामी वैशाख मसान्तसम्ममा लक्षित जनसंख्याका सबैलाई कोभिड–१९ विरुद्धको खोपको पूर्ण मात्रा प्रदान गर्ने लक्ष्य रहेको बताएका छन् । मन्त्री भएको १०० दिन पुगेको अवसरमा शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सबैलाई कोभिड–१९ विरुद्धको खोपको पूर्ण मात्रा प्रदान गर्न आवश्यक पर्ने खोपको मौज्दात सुनिश्चित गरिसकिएको बताएका हुन् । १२ वर्षदेखि माथिका सबैलाई खोप लगाइने जानकारी उनले दिए ।  मन्त्री खतिवडाले कोरोना भाइरसविरुद्धको खोपको २४ लाख मात्रा नहराएको दाबी गरेका छन् । ‘खोपको २४ लाख मात्रा हराएको होइन, हामीले खोप लगाउन प्रदेश, जिल्ला, स्थानीय तह हुँदै टोलटोलमा स्वास्थ्यकर्मी खटाएका थियौं’, मन्त्री खतिवडाले भने, ‘टोलटोलमा गएर लगाएको तथ्यांक नआएको मात्र  हो ।’ खोप लगाउँदा केही मात्रा खेर गएकाले पनि तथ्यांक नमिलेको उनले बताए । ‘एउटा डब्बामा रहेको खोपको १० मध्ये आठ मात्रा लगाइयो र बाँकी दुई मात्रा खोप त्यही दिन लगाइन भने त्यो खेर जान्छ,’ उनले भने, ‘त्यसरी पनि खोपको मात्रा खेर गइरहेको छ ।’ हराएको खोपको सम्बन्धमा मन्त्रालयले प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको र चाँडै नै हराएको खोपका बारेमा जानकारी दिने उनको भनाइ थियो । मन्त्री खतिवडाले ५–११ वर्ष उमेर समूहका बालबालिकालाई समेत कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न खोपको उपलब्धता सुनिश्चितता भइसकेको बताए । हालसम्म चार करोड ६५ लाख ७० हजार ७२० खोपको मात्रा प्राप्त भइसकेमा तीन करोड ४८ लाख २५ हजार ६०१ मात्रा लगाइएको छ । मन्त्रालयले खोपको पहुँच नपुगेको स्थान र समुदायको पहिचान गरी प्रदेश र स्थानीय सरकारको नेतृत्वमा खोप अभियान सञ्चालन गरेको मन्त्री खतिवडाले जानकारी दिए । ‘ठूला अस्पतालमा र जनघनत्व बढी भएका सहरका विभिन्न सार्वजनिक स्थानमा खोप केन्द्र निर्धारण गरेर दैनिक रूपमा खोप प्रदान भइरहेको छ’, उनले भने । मन्त्री खतिवडाले आफ्नो सय दिनको कार्यकालको उपलब्धमा कोरोना भाइरसको पिसिआर परीक्षण शुल्क घटाएको उल्लेख गरे । यस्तै, कोरोना संक्रमितको उपचार व्यवस्थापनका लागि अक्सिजन प्लान्ट, अक्सिजन सिलिन्डर, सघन उपचार कक्ष, हाई डिपेडेन्सी युनिट शøयाको संख्या वृद्धि गरी अस्पतालको क्षमता वृद्धि गरिएको उनले बताए । साथै भारतसँग सिमाना जोडिएका प्रवेश विन्दुमा स्थापित हेल्थ डेस्कको क्षमता वृद्धि गरी दैनिक नेपाल प्रवेश गर्ने यात्रुमध्ये ९०५ को स्क्रिनिङ भएको र तीमध्ये ८७ ५ भन्दा बढीको कोभिड–१९ को परीक्षण भइरहेको मन्त्री खतिवडाले जानकारी दिए ।

सम्बन्धित सामग्री

राक्सिराङमा कोरोनाविरुद्ध खोप अभियान

बागमती, १८ माघ: बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङको पहलमा मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा कोरोना सङ्क्रमण विरुद्धको खोप अभियान सुरु भएको छ । सो गाउँपालिका–६ र ७ मा गरी ६ वटा केन्द्र तोकेर कोरोनाविरुद्धको भेरोसिल र कोभिसिल्ड खोप लगाउन सुरु गरिएको सो गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विजय कापरीले जानकरी दिए । गाउँपालिका–६ […]

लुम्बिनी प्रदेशमा फागुनभित्रै कोरोनाविरुद्ध खोप लगाइसक्छौंः मुख्यमन्त्री

काठमाडौं, १४ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशका नागरिकलाई फागुनभित्रै कोरोनाविरुद्ध खोप लगाइसक्ने योजना रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री केसीले भने, “संघीय सरकारले चैतभित्र सबैलाई खोप लगाउने भनेको छ । लुम्बिनीका हकमा त्यसको एक महिना अगावै खोप लगाइसक्ने हाम्रो […]

कोरोनाविरुद्ध खोप लगाएकाहरू पनि संक्रमित हुन थाले

काठमाडौं : पछिल्लो समय कोरोनाविरुद्ध खोप लगाएकाहरू पनि संक्रमित हुन थालेका छन्। कोरोना संक्रमणको दोस्रो लहरसँगै कम हुन थालेको संक्रमणको ग्राफ फेरि उकालो लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा कृष्ण पौडेका अनुसार देशभरबाटै पूरै विवरण नआए पनि उपलब्ध भएका विवरण हेर्दा खोप लगाएपछिका संक्रमित पनि बढ्न थालेका छन्। शनिबारकै तथ्यांक हेर्दा कुल पिसिआर पोजेटिभ मध्ये १० प्रतिशत संक्रमित खोप लगाएकाहरू रहेका पा

दैलेखमा दुई लाख बढीलाई कोरोनाविरुद्ध खोप आवश्यक

दैलेख : दैलेखमा दुई लाखभन्दा बढीलाई कोरोनाविरुद्ध खोप लगाउनुपर्ने देखिएको छ। १८ वर्ष पूरा भएका व्यक्तिहरूको पछिल्लो तथ्यांकलाई आधार मान्दा यो संख्यालाई खोप आवश्यक देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ।सरकारबाट प्राप्त भएको कोभिसिल्ड भेरोसेल खोपको पूरा मात्र लगाउनेको सङ्ख्या दैलेखमा हालसम्म ४ हजार २ सय २७ जना रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार कोभिसिल्ड खोपको पहिलो र दोस्रो मात्रा लगाउनेहरू

चैतभित्र सबैलाई कोरोनाविरुद्ध खोप लगाउने देउवा सरकारको पहिलो निर्णय

काठमाडाैं :  प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकले चैत महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्ध खोप लगाउने निर्णय गरेको छ।सिंहदरबारमा बसेको बैठकले आउँदो असोज महिनाभित्र एक तिहाइ जनसंख्या र चैतभित्र सबै नेपालीलाई खोप लगाउने निर्णय गरको कानुनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

विश्वभर तीन अर्ब ३५ करोड ६२ लाख ४७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइयो

विश्वभर तीन अर्ब ३५ करोड ६२ लाख ४७ हजार ३२१ डोज कोरोनाविरुद्ध खोप लगाइएकाे छ। हालसम्मको तथ्यांकअनुसार चीनमा सबैभन्दा बढी एक अर्ब ३४ करोड २३ लाख ८१ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।भारतमा ३७ करोड २२ लाख ५५ हजार ७८६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। अमेरिकामा ३३ करोड १२ लाख दुई हजार ६४१ डोज, ब्राजिलमा १० करोड ३८ लाख २४ हजार ८५४ डोज, बेलायतमा आठ करोड चार लाख ७२ हजार ५४४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाएको हो।यसैगरी जर्मनी सात करोड ९७ लाख २९ हजार २५१ डोज, पोल्याण्डमा छ करोड ११ लाख ३७ हजा

विश्वभर तीन अर्ब २५ करोड ८५ लाख  ७२ हजार  ८९२ डोज कोरोनाविरुद्ध खोप लगाइयो

बाल्टिमोर,मेरील्याण्ड / विश्वभर तीन अर्ब २५ करोड ८४ लाख ५९४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका

विश्वभर तीन अर्ब २५ करोड ८५ लाख ७२ हजार ८९२ डोज कोरोनाविरुद्ध खोप लगाइयो

बाल्टिमोर । विश्वभर तीन अर्ब २५ करोड ८४ लाख ५९४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा एक अर्व ३१ करोड ८४ लाख १७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३६ करोड १३ लाख २३ हजार ५४८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ […]

विश्वभर लगाइयो तीन अर्ब २५ करोड ८५ लाख  कोरोनाविरुद्ध खोप

विश्वभर तीन अर्ब २५ करोड ८४ लाख ५९४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन्।

बागमती प्रदेशमा झण्डै दुई लाख जनाले लगाए कोरोनाविरुद्ध खोप

हेटौंडा । बागमती प्रदेशमा झण्डै दुई लाख जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् । प्रदेशका १३ वटा जिल्लाका विभिन्न खोप केन्द्रबाट दुई चरणमा गरी एक लाख ९८ हजार २ सय १८ जनाले कोरोनाविरुद्धको खोप लगाएको बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयले जनाएको छ ।नेपाल सरकारले पहिलो चरणमा प्राथमिकताका आधारमा र दोस्रो चरणमा ६५ वर्षभन्दा माथि उमेर समूहका व्यक्तिहरुलाई निःशुल्क कोरोनाविरुद्धको खोप सेवा प्रदान गरेको मन्त्रालयले जनाएको छ ।प्रदेशभरका १३ जिल्लाका स्थानीय तहमार्फत दोस्रो चरणको खोप सेवा सञ्चालन भइरहेको बा