प्रधानमन्त्रीकै चुनाव क्षेत्रमा योजना अलपत्र छाड्छन् ठेकेदार
९ चैत, गोरखा । गण्डकी प्रदेशमार्फत ठेक्का लागेका जिल्लाका केही योजनामा निर्माण कम्पनीहरुको चरम लापरबाही देखिएको छ । पटक पटक म्याद थप गरे पनि योजना अलपत्र छाडेर कतिपय ठेकेदार त सम्बन्धित कार्यालयको सम्पर्कमा समेत छैनन् …
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले वर्षौंदेखि योजना अलपत्र पार्ने ठेकेदारसँगको सम्झौता तोडिने बताउनुभएको छ । गण्डकी प्रदेशमा अहिले पनि सडक/पुल गरेर १५ वटा योजना अलपत्र अवस्थामा रहेको उहाँले उल्लेख गर्न‘भयो । उहाँले भन्नुभयो, “काम नगर्ने ठेकेदार पालेर अब प्रदेश बस्दैन । पटक पटक काममा फर्किन प्रदेश सरकारले दिएको निर्देशनलाई अटेर गर्नेसँग सम्झौता तोडिन्छ ।” म्याग्दीको बेनीसँग सीमा जोडिएको पर्वतको जलजला गाउँपालिका–७, धाइरिङको मिलनचोक–सल्यान–घाहेखेत–धारापानी–ठोट्नेरी सडक आयोजनाको सोमबार स्थलगत निरिक्षणका क्रममा उहाँले यस्तो भन्नुभएको हो ।
खोटाङ, १९ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजारस्थित माटिकोरेमा निर्माणाधीन ‘दिक्तेल फुटबल स्टेडियम’ (रङ्गशाला)को काम अवरुद्ध हुनुको कारणसहित सम्झौताअनुसार पुनःनिर्माण सुरु गर्न ठेकेदार कम्पनीलाई पत्राचार गरेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटिकोरे खेलमैदानलाई स्तरोन्नति गरेर रङ्गशाला बनाउने गरी आह्वान गरिएको ठेक्का आशीर्वाद–मोहन एन्ड व्यासीगाउँ–इन्द्रलक्ष्मी जेभीले लिएको छ । प्रदेश सरकार […]
खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजारस्थित माटिकोरेमा निर्माणाधीन ‘दिक्तेल फुटबल स्टेडियम’ (रङ्गशाला)को काम अवरुद्ध हुनुको कारणसहित सम्झौताअनुसार पुनःनिर्माण सुरु गर्न ठेकेदार कम्पनीलाई पत्राचार गरेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटिकोरे खेलमैदानलाई स्तरोन्नति गरेर रङ्गशाला बनाउने गरी आह्वान गरिएको ठेक्का आशीर्वाद–मोहन एन्ड व्यासीगाउँ–इन्द्रलक्ष्मी जेभीले लिएको छ । प्रदेश सरकार र नगरपालिकाको […]
म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा निर्माणधिन ‘एक स्थानीय तह, एक आधारभुत अस्पताल’ योजना अलपत्र परेको छ।
निर्माण व्यवसायीले काम छाडेर सम्पर्कमै नआएपछि ताकममा निर्माणधीन ५ शय्या क्षमताको अस्पताल भवन अलपत्र परेको हो।
गत वर्षको...
जिल्लामा दर्जन बढी ठूला योजनाहरू अलपत्र अवस्थमा छन् । जिल्लाको मुख्य सडक योजना बेनी–दरवाङको तेस्रो खण्ड, गलेश्वर–पिप्ले–भगवती सडक, पोखरे–चित्रे सडक, दरवाङ–धारापानी सडक र बाग्लुङ–बेनी सडक सवै निर्माण ब्यवसायीका लापरवाहीले गर्दा अलपत्र छन् ।
रामेछाप जिल्लामा बागमती प्रदेश सरकारको लगानी रहेका अधिकांश योजना अलपत्र अवस्थामा रहेका छन् । निर्माण कम्पनीले सम्झौताअनुसार तोकिएको समयमा अस्पताल, कभर्ड हल र चिस्यान केन्द्र निर्माण सम्पन्न नगर्दा सञ्चालनमा आउन सकेको छैन । सदरमुकाम मन्थलीमा निर्माणाधीन १५ शøयाका अस्पताल निर्माणको काम लामो समयदेखि रोकिएको छ । अस्पताल निर्माणको काम अलपत्र अवस्थामा छाडरे ठेकेदार भागेपछि गत मङ्सिरदेखि काम गर्ने मजदुर बिचल्लीमा परेका छन् । अस्पताल निर्माणको काम गत असारबाट पूर्ण रूपमा बन्द अवस्था छ । मन्थलीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शøयाका अस्पतालमा स्तरोन्नति गरी आगामी मङ्सिर ३० गते निर्माण सम्पन्न गर्ने गरी गत वर्ष भदौ १० गते शिलान्यास गरिएको थियो ।
म्याग्दी : ठेकेदार कम्पनीले बीचैमा काम छोडेपछि उत्तरी म्याग्दीको गलेश्वर राहुघाटदेखि पिप्ले–भगवती जोड्ने सडकको कालोपत्रे गर्ने योजना अलपत्र परेको छ।रघुगंगा गाउँपालिकाको महत्वपूर्ण सडक मानिने उक्त सडक खण्ड गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको हो।उक्त सडकको कालोपत्रे योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले बीचैमा काम छाडेपछि सडक कालोपत्रेको काम अलपत्र परेको स्थानीयवासीको भनाइरहेको छ।नि
देशमा विद्युत खपत बढाउन अनेक योजना बनिरहेका बेला विगत तीन वर्षदेखि ग्रामीण क्षेत्रमा विद्युतीकरण गर्न सुरु गरिएको योजना अहिलेसम्म पूरा हुन सकेको छैन । अनेक पहुँच र विधि प्रयोग गरेर ठेक्का लिने तर काम नगर्दा जाजरकोटको विद्युतीकरणमा समस्या देखिएको छ । ठेकेदारले तोकिएको समयमा विद्युत् लाइन विस्तार र पोल गाड्ने काम नगर्दा ठूला योजनादेखि विद्युत्बाट …
जिल्ला डिभिजन सडक कार्यालयद्वारा सञ्चालित एक दर्जनभन्दा बढी योजना लामो समयदेखि अलपत्र छन् ।
सिरहा, सप्तरी र उदयपुर जिल्लाका सडक तथा पुलका योजना सडक कार्यालयका कर्मचारी र ठेकेदार कम्पनीको लापर्बाहीका कारण अलपत्र परेका हुन् ।