थुप्रै सडक र पुलका योजना अलपत्र, ठेकेदार कम्पनीमाथि कारबाही सुस्त
जिल्ला डिभिजन सडक कार्यालयद्वारा सञ्चालित एक दर्जनभन्दा बढी योजना लामो समयदेखि अलपत्र छन् ।
सिरहा, सप्तरी र उदयपुर जिल्लाका सडक तथा पुलका योजना सडक कार्यालयका कर्मचारी र ठेकेदार कम्पनीको लापर्बाहीका कारण अलपत्र परेका हुन् ।