इटहरीका १४ वटा विकासे योजना अलपत्र, एउटै ठेकेदारले ७ वटा योजनाको पैसा लगेर पनि काम गरेनन्
नगरस्तरीय ७ वटा सडक ग्राभेल र कालोपत्रे, ३ वटा पुल निर्माण गर्ने योजना अलपत्र छाडेर ठेकेदार उपमहानगरको सम्पर्कमा छैनन् । पटक पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएको इन्जिनियर जीवन घिमिरे बताउँछन् ।
ठेकेदारले समयमै काम नगर्दा पूर्वी नवलपरासीको देवचुली नगरपालिका-१६ स्थित आँपचौर खानेपानी योजना अलपत्र परेको छ । २०७६ सालदेखि निर्माण सुरु भएको सो योजनामा हालसम्म ४० प्रतिशत मात्र काम भएको छ । जबकि ०७८ मै आयोजनाको काम सम्पन्न भइसक्नुपर्ने थियो ।
दाङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ठेकेदारले काम नगर्दा योजनाहरु अलपत्र परेको बताइन्। दाङको गढवामा आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तरगत गठन हुन थालेको सामाजिक उद्यमी महिला सहकारी संस्थाको दोस्रो भेलालाई सम्वोधन गर्दै उनले ठेकेदारकै कारण धेरै योजनाहरु अलपत्र परेको भन्दै अलपत्र आयोजना अघि बढाउने दिशामा सरकारले पहल गरिरहेको बताएकी हुन्। ‘पैसा पनि […]
छत्रेश्वरी गाउँपालिकाले संघीय विशेष अनुदानमा सञ्चालित लान्ती/भोटेचौर लिफ्ट खानेपानी योजना दुई वर्षदेखि अलपत्र परेको छ । क्रमागत रूपमा सञ्चालित योजनाको निर्माण अवधि एक वर्षको मात्र रहेको र म्याद थप नभएका कारण ठेकेदारले काम गर्न छाडेपछि अलपत्र परेको हो ।
नेपाली समाजमा ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने लोकोक्ति प्रचलित छ। सदरमुकाम बेनीमा निर्माणाधीन बेनी अस्पतालको भवन कार्य यो लोकोक्तिसँग ठ्याक्कै मेल खान्छ। देशभरिका निर्माण व्यवसायीका छाता सङ्गठन निर्माण व्यवसायी महासङ्घका पदाधिकारी एवं ठूला नेताहरूले जिम्मा लिएको बेनी अस्पताल निर्माणाधीन भवन दुई वर्षदेखि अलपत्र छ। निर्माणाधीन भवनको फलामे रडमा खिया लागेको छ। निर्माण सम्पन्न नहुँदै भवन जीर्ण र पुरानोजस्तो देखिन थालेको छ। छ वर्षअघि निर्माण सुरु गरिएको अस्पताल भवन दुई वर्षयता अलपत्रजस्तै छ। भवन निर्माणलाई गति दिन सरकारी निकायबाट सात पटकसम्म पत्र काटिएको बताइएको छ। तर उक्त पत्रले निर्माण व्यवसायीको रौँ हल्लाएको छैन। भवन अलपत्र पार्ने ठेकेदारको फोटो टाँसेर स्थानीय युवाले गत हप्ता विरोध पनि गरे।
सल्यान : म्याद नथपिँदा सल्यानका दुई खानेपानी योजना अलपत्र परेका छन्। छत्रेश्वरी गाउँपालिकाले संघीय विशेष अनुदानमा गत वर्ष शुरु गरेको दमाचौर र लान्ती गरि दुई वटा लिफ्ट खानेपानी योजना अलपत्र परेका हुन्। निर्माण अवधि एक वर्षको मात्र रहेको र म्याद थप नहुँदा ठेकेदारले काम गर्न छाडेपछि दुई वटा लिफ्ट खानेपानी योजनाको काम अलपत्र भएका हुन्।संघीय विशेष अनुदानअन्तर्गत संघले छत्रेश्वरी गाउँपालिका–१ दमाचौरका लागि १ करोड र लान्तीका लागि २ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो। पालिकाले आह्वान
छत्रेश्वरी गाउँपालिकाले संघीय विशेष अनुदानमा गतवर्ष सुरु गरेको दमाचौर र लान्तीका दुई लिफ्ट खानेपानी योजना अलपत्र परेका छन् । निर्माण अवधि एक वर्षको मात्र रहेको र म्याद थप नभएका कारण ठेकेदारले काम गर्न छाडेपछि दुईवटा लिफ्ट खानेपानी योजनाको काम अलपत्र परेको हो ।
छत्रेश्वरी गाउँपालिकाले संघीय विशेष अनुदानमा गतवर्ष सुरु गरेको दमाचौर र लान्तीका दुई लिफ्ट खानेपानी योजना अलपत्र परेका छन् । निर्माण अवधि एक वर्षको मात्र रहेको र म्याद थप नभएका कारण ठेकेदारले काम गर्न छाडेपछि दुईवटा लिफ्ट खानेपानी योजनाको काम अलपत्र परेको हो ।
देशमा विद्युत खपत बढाउन अनेक योजना बनिरहेका बेला विगत तीन वर्षदेखि ग्रामीण क्षेत्रमा विद्युतीकरण गर्न सुरु गरिएको योजना अहिलेसम्म पूरा हुन सकेको छैन । अनेक पहुँच र विधि प्रयोग गरेर ठेक्का लिने तर काम नगर्दा जाजरकोटको विद्युतीकरणमा समस्या देखिएको छ । ठेकेदारले तोकिएको समयमा विद्युत् लाइन विस्तार र पोल गाड्ने काम नगर्दा ठूला योजनादेखि विद्युत्बाट …
जिल्ला प्रशासन कार्यालय कालिकोटले जिल्लाभर काम गरिरहेका विभिन्न ठेकेदार कम्पनीमध्ये १६ ठेकेदार र १३ जना विद्यालय व्यवस्थापन समितिका अध्यक्षको नाम र विवरण कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस गरेको छ ।
काठमाडौँ: संघीय राजधानी काठमाडौं उपत्यकामा मात्रै निर्माण व्यवसायीले ठेक्का लिएर काम नगर्दा ३४२ आयोजना अलपत्र परेका छन् । तोकिएको समयमा ठेकेदारले काम नगरेपछि कयौँ योजना अलपत्र परेका अलपत्र छन् ।