दुहबीदेखि विराटनगर रानीसम्म ४२ किमी बुढीखोला करिडोर बन्ने

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नदीको विनाश होइन विकास गर्नु अपरिहार्य रहेको बताएका छन्।केशलिया-बुढीखोला करिडोर निर्माणका लागि गरिएको विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले यो क्षेत्र भएर बग्ने केशलिया-बुढीखोलाको शौन्दर्यीकरण एवं विकासले यस क्षेत्रका जनताको आर्थिक समृद्धि एवं रोजगारमा वृद्धि हुने बताएका हुन्।मुख्यमन्त्री कार्कीले करिडोर निर्माणले बर्जु गाउँपालिकामा निर्माण हुने विशेष आर्थिक क्षेत्र (सेज)मा सहज पहुँचले  प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुग्न

सम्बन्धित सामग्री

विराटनर महानगरको कडाइपछि सुनसान बनेको रानी भन्सार (तस्वीरसहित)

विराटनगर : विराटनगर महानगरपालिकाले स्थानीय बजार प्रवर्द्धन गर्न सीमा क्षेत्रमा कडाई गरेसँगै यतिबेला विराटनगरको सीमावर्ती रानी भन्सार क्षेत्र सुनसान बनेको छ।आज अर्थात साउन १ गतेदेखि सीमा क्षेत्रमा कडाई गरिएसँगै सो क्षेत्र सुनसान भएको हो।विराटनगरको बजार सुस्ताउँदै गएपछि भारतको जोगबनीबाट नाकाबाट अवैध रुपमा भित्रिने सामग्री निरुत्साहित गर्न महानगरले यो कदम चालेको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बताए।‘विराटनगरको बजार सुक्दै जाने अनि छिमेकी राष्ट्र भारतको जोगबनी

विराटनगर महानगरको पूर्व उपप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाको पूर्व उपप्रमुखसहित ९ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । विराटनगर महानगरपालिका– १५ स्थित रानी हेल्थपोष्ट नजिकैको पोखरीमा पार्क (सिँढी) निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धानपछि आयोगले भ्रष्टाचार ठहर गर्दै मुद्दा दायर गरेको हो ।आयोगका अनुसार विराटनगर महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, सहरी विकास महाशाखा प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन

मिरगञ्ज पुल भासियो, विराटनगर भन्सारबाट हुने आयात-निर्यात ठप्प

२३ पुस, विराटनगर । विराटनगरको रानी भन्सारबाट करिब चार किलोमिटर दक्षिण भारतको मिरगञ्जमा रहेको पुल भासिएपछि आयात–निर्यात रोकिएको छ । परमान खोलाको मिरगञ्जमा रहेको पुल भासिएपछि विराटनगर भन्सारबाट हुने आयात–निर्यात रोकिएको हो । जिर्ण अवस्थामा रहेको पुल भासिएपछि आयात निर्यात रोकिएको विराटनगर भन्सार कार्यालयलले जनाएको छ । पुल भासिएपछि भारतीय पक्षले बिहीबार दिउँसोबाटै आउ–जाउ गर्न […]

रानी–इटहरी–धरान ६ लेन सडक विस्तारको काम सुस्त

विराटनगर । विराटनगरको रानी–इटहरी–धरान ६ लेन सडक विस्तारको काम सुस्त भएको छ । विभिन्न कारणले सडक विस्तारको काम सुस्त भएको जनगुनासो आइरहेपछि प्रदेशका मन्त्रीसहितको टोलीले अनुगमन गरेको छ ।प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीसहित सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारी लगायतको टोलीले शुक्रबार सडक विस्तार कार्यको अनुगमन गरी भइरहेको प्रगतिबारे जानकारी लिएको छ । मन्त्री कार्कीले अनुगमनका क्रममा सडक विस्तारको काम अति सुस्त रुपमा अघि बढेको भन्दै गति प्रदान गर्न रानी&nd

रानी नाकामा कडाइ नहुँदा कोरोना संक्रमण फैलने जोखिम

विराटनगरको रानी नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नागरिकमा कोरोना संक्रमण देखिन थालेका छ । बुधवार दुई भारतीय नागरिकमा कोरोना भाइरसको पुष्टि भएको रानी नाकामा राखिएको हेल्थ डेस्कले जनाएको छ । विराटनगर महानगरपालिकाले सीमानाका रानी हुँदै भारतबाट नेपाल प्रवेश गर्नेको कोरोना परीक्षण गर्दै आएको छ । रानी हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट सुरेन्द्र यादवले  भारतबाट नेपाल आउने दुई जना भारतीयमा कोरोना संक्रमण देखिएको बताए । अग्रेजि नयाँ वर्ष मनाउन भेडेटार हिडेका एक युवा र अर्को एक जना बच्चामा गरीएको &nb...

रानी–विराटनगर नाका खुला

विराटनगर । कोरोना महामारीका कारण भारत र नेपालको रानी जोगवनी सीमानाका बन्द भएको १९ महीनापछि शनिवारबाट पूर्णरूपमा सर्वसाधारणका लागि खुला गरिएको छ । सर्वसाधारणका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनलाई पनि आउजाउको छूट दिइएको छ । नाकाबन्द हुँदा खेतखलियानको बाटो प्रयोग गरेर भए पनि जोगवनी बजार आउजाउ गर्न अवरोध थिएन । असोज ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले नाका खोल्ने निर्णय गरे पनि भन्सार विभागले विराटनगर भन्सार कार्यालयलाई नाका खोल्न आदेश नदिएपछि नाका बन्द नै रहेको थियो । तर, विभागको पत्र प्राप्त भएपछि जिल्ला प्रशासनले आवश्यक स्वास्थ्य सावधानी अपनाएर शनिवारबाट लागू हुनेगरी नाका पूर्णरूपमा सञ्चालनमा ल्याएको हो । सर्वसाधारणको आवतजावत केही समय अगाडिदेखि नै भइरहेको भए पनि सवारीसाधन आवतजावत पूर्णरूपमा बन्द थियो । शनिवारबाट भने सबै प्रकारको आवतजावत खुला भएको छ । नाका खुलेपछि नेपाल र भारतबाट दुईपाङ्ग्रे, चारपाङ्ग्रे साना र ठूला सवारीसाधन आउजाउ गर्न थालेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले भारतबाट आउने सबै यात्रुलाई नाकामा रहेको स्वास्थ्य डेस्कले स्वास्थ्य सावधानी अपनाउन र ज्वरो जाँच गरेपछि मास्क लगाएर मात्र नेपाल प्रवेशको सुविधा दिनेछ । पहिले पनि रानी नाकामा स्वास्थ्य डेस्कमार्फत चेकजाँच भइरहेको थियो । सीमाक्षेत्रका स्थानीयका अनुसार पहिले हिँडेर नाका पार गरेर जोगवनी बजारमा किनमेल गर्नेको भीड भए पनि शनिवारबाट गाडी नै लिएर पारि दशैं किनमेल गर्नेहरूको निकै घुइँचो लागेको छ । यही कारण भारतीय बजार जोगवनीमा ट्राफिक व्यवस्थापनमा कठिनाइ आएको छ । सहज रूपमा यात्रु आवतजावत गर्न थालेपछि अहिले भारतीय रेलवे स्टेशन र जोगवनी बजारमा नेपालीहरूको भीड लागेको भारतीय पत्रकार अरूण मिश्राले बताए ।

विराटनगरको रानी नाका खुल्यो

विराटनगर । विराटनगरस्थित रानी नाका व्यवस्थित रुपमा सञ्चालनमा आएको छ । दशगजा क्षेत्रका सबै ठाउँहरुबाट भारतर्फ भइरहेको आवत–जावतमा रोक लगाएर प्रशासनले व्यवस्थित रुपमा आवातजावतका लागि नाका खुला गरेको हो । कोरोना महामारी संगै डेढ बर्षदेखि रानी नाका सिल गरिएको थियो । नाकामा हेल्थ डेक्स रहेकाले सर्वसाधारणको स्वास्थ्य अवस्था जाँच गरेर मात्र नाका प्रदेश गराउने मोरङका […]

रानी सीमानाकामा कडाई : एन्टिजेन परीक्षण अनिवार्य

विराटनगर : रानी सीमानाकामा कडाई गर्दै विराटनगर महानगरपालिकाले ‘एन्टिजेन परीक्षण’ सुरू गरेको छ। पछिल्लो समय भारतमा कोरोना संक्रमण दर बढेसँगै नेपालमा पनि जोखिम बढ्ने खतारा न्यूनिकरणका लागि भारतबाट नेपाल प्रवेश गर्ने शंकास्पद नागरिकलाई लक्षित गर्दै महानगरले नाकामा ‘एन्टिजेन परीक्षण’ सुरू गरेको हो।भारतको महामारी फैलिएको क्षेत्रबाट नेपाल भित्रिने नागरिकलाई एन्टिजेन परीक्षण अनिवार्य गरिएको महानगरले जनाएको छ। महानगरले भारतबाट नेपाल प्रवेश गर्ने नागरिकको व्यक्तिगत विवरण संकलन गरि

भारतमा तीव्र रुपमा फैलिएपछि विराटनगर रानी नाकामा उच्च सतर्कता

विराटनगर / भारतको जोगवनीबाट विराटनगर प्रवेश गर्ने मुख्य नाका रानीमा उच्च सतर्कता अपनाइएको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि स्थानीय प्रशासनले नाकामा थप कडाई गर्ने निर्णय लिएको हो । जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना नियन्त्रण गर्न र संक्रमण फैलन नदिन बेलैमा सतर्कता आवश्यक... The post भारतमा तीव्र रुपमा फैलिएपछि विराटनगर रानी नाकामा उच्च सतर्कता appeared first on Purbeli News.