रानी नाकामा कडाइ नहुँदा कोरोना संक्रमण फैलने जोखिम

विराटनगरको रानी नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नागरिकमा कोरोना संक्रमण देखिन थालेका छ । बुधवार दुई भारतीय नागरिकमा कोरोना भाइरसको पुष्टि भएको रानी नाकामा राखिएको हेल्थ डेस्कले जनाएको छ । विराटनगर महानगरपालिकाले सीमानाका रानी हुँदै भारतबाट नेपाल प्रवेश गर्नेको कोरोना परीक्षण गर्दै आएको छ । रानी हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट सुरेन्द्र यादवले  भारतबाट नेपाल आउने दुई जना भारतीयमा कोरोना संक्रमण देखिएको बताए । अग्रेजि नयाँ वर्ष मनाउन भेडेटार हिडेका एक युवा र अर्को एक जना बच्चामा गरीएको &nb...

सम्बन्धित सामग्री

कोरोना संक्रमण बढेसँगै सुदूरपश्चिमका सीमा नाकामा कडाइ

धनगढी– सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर बढ्न थालेपछि प्रदेश सरकारले भारतसँग जोडिएका सीमा नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरेको छ । पछिल्लो समय भारतबाट आउने नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेपछि स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता तथा बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नरेन्द्र सिंह कार्कीले बताए । ‘अहिले भारत सँग सीमाना जोडिएका प्रदेशका सबै नाकामा […]

चीन र भारतमा कोरोना संक्रमण बढेपछि झुलाघाट नाकामा कडाइ

कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा कडाइ गरिएको छ । छिमेकी देश चीन र भारतमा कोरोना सङ्क्रमण फेरि देखिन थालेपछि नाकामा कडाइ गरिएको हो ।   झुलाघाटमा ‘हेल्थ डेस्क’ स्थापना

कोरोनाको जोखिम बढेसँगै  झुलाघाट नाकामा कडाइ

बैतडी : कोरोना संक्रमणको जोखिम बढ्दै गएकोले भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा परीक्षणमा कडाइ गरिएको छ।छिमेकी देश चीन र भारतमा कोरोना संक्रमण फेरि देखिन थालेपछि नाकामा कडाइ गरिएको हो। झुलाघाटमा हेल्थ डेस्क स्थापना गरेर भारतबाट फर्किरहेका नागरिकलाई कोरोना परीक्षणको काम भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।छिमेकी देश भारतमा कोरोनाको नयाँ भेरियन्ट फेला परेकाले त्यसको जोखिम कम गर्न सीमा नाकामा कडाइ गरिएको हो।उनले भने,“ झुलाघाट नाकाबाट स्वदेश फर्कने ना

बढ्यो सुदूरपश्चिममा कोरोना, नाकामा कडाइ

बैतडी – भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर बढ्दै गएको छ । यहाँ हाल दिनहुँ कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको छ । गत शनिबार अर्थात् असार ३२ गते शून्यमा झरेको संक्रमण मंगलबारमात्रै यस प्रदेशमा नौ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालयको तथ्याङ्कानुसार गत शनिबार कोरोना संक्रमण शून्य रहेकामा आइतबार तीन, सोमबार सात र मंगलबार […]

सीमा नाकामा कडाइः चोर बाटोबाट नुन, तेल किन्न पनि भारततिरै

काठमाडौं, माघ ३ । कोरोना संक्रमण बढ्दै गएर सरकारले सीमा नाकामा कडाइ गर्न थालेपछि भारतीय क्षेत्र हुँदै आउने नेपालीहरू चोर बाटो हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्न थालेको छ । सीमा नाकाबाट आउँदा कोरोना संक्रमण भए नभएको चेक जाँच हुने र संक्रमण पुष्टि भए वा लक्षण देखिए होल्डिङ सेन्टरमा बस्नुपaर्ने भएपछि भारतीय क्षेत्र हुँदै आउने […]

कोरोना संक्रमण दर बढेसँगै अष्ट्रियामा फेरि लकडाउन

एजेन्सी । अष्ट्रियामा पुन लकडाउनको घोषणा गरिएको छ । कोरोना भ्याक्सिन नलगाएकाहरुप्रति कडाइ गरेको केही दिनमै अष्ट्रियामा पुनः लकडाउनको घोषणा गरिएको बीबीसीले जनाएको छ । कम्तिमा २० दिनसम्म जारी रहने लकडाउनको अवस्था हेरेर त्यसपछिको निर्णय लिइने त्यहाँको सरकारले जनाएको छ । कतिपय युरोपेली मुुलुकहरुमा कोरोना महामारीका घटनाहरु बढ्न थालेसँगै ती देशहरुमा सीमा नाकामा कडाइ गरिएको […]

प्रदेश १ मा कोरोना कहर : बल्ल तात्यो प्रदेश सरकार

विराटनगर । कोरोना संक्रमण दर लगातार बढ्न थालेपछि प्रदेश १ सरकारले भारतसँगको सीमा नाकामा कडाइ गर्न थालेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सीमा क्षेत्रबाट हुने आवतजावतलाई व्यवस्थित गर्न थालिएको हो ।मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा गत वैशाख ५ गते बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले सीमा क्षेत्रबाट हुने आवागमनलाई व्यवस्थित गरी एकद्वार प्रणाली लागु गर्न प्रदेशका सम्बन्धित जिल्ला प्रशासनलाई परिपत्र गरिसकेको छ । जसअनुसार अहिले सीमा क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाइएक

कोरोना संक्रमण बढेपछि पर्सा प्रशासनद्वारा नाकामा कडाइ

दैनिक सक्रिय संक्रमितको संख्या बढ्न थालेपछि नाकामा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय पर्साको जनाएकाे छ।

कोरोना संक्रमित बढेपछि वीरगञ्ज नाकामा कडाइ

वीरगञ्ज, बैशाख १०। भारतसँग सिमाना जोडिएको वीरगञ्ज महानगर र आसपासका क्षेत्रमा कोरोना संक्रमण ह्वात्तै बढेपछि स्थानीय प्रशासनले सीमा नाकाबाट हुने आवागमनमा कडाइ गरेको छ । भारतबाट नेपाल आउनेहरूलाई अत्यावश्यक कामबाहेक भित्रिन नदिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । सक्रिय संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि नाकामा कडाइ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले […]

कोरोना संक्रमित बढेपछि वीरगञ्ज नाकामा कडाइ

वीरगञ्ज । भारतसँग सिमाना जोडिएको वीरगञ्ज महानगर र आसपासका क्षेत्रमा कोरोना संक्रमण ह्वात्तै बढेपछि स्थानीय प्रशासनले सीमा नाकाबाट हुने आवागमनमा कडाइ गरेको छ । भारतबाट नेपाल आउनेहरूलाई अत्यावश्यक कामबाहेक भित्रिन नदिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । सक्रिय संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि नाकामा कडाइ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले आर्थिक अभियानलाई बताए । ‘खुला र अनियन्त्रित आवागमनले कोरोना संक्रमण अझ फैलिने जोखिम बढायो । नाकाबाट हुने आउजाउलाई निरुत्साहित गरिएको छ,’ उनले भने । अत्यावश्यक काम नपरी नेपालबाट भारततर्फ पनि नजान प्रशासनले आग्रह गरेको छ । पर्सामा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी पुगिसकेको जानकारी पौडेलले दिए । भारतमा संक्रमण तीव्र गतिमा फैलिएकाले खुला सिमानाबाट निर्बाध आवतजावत गर्दा संक्रमणको जोखिम बढेको निष्कर्ष प्रशासनको छ । मुख्य नाका वीरगञ्जमा दुईओटा हेल्थ डेस्क राखिएको छ । भारतबाट आउनेहरूको तापक्रम र कोरोनाको एन्टिजेन परीक्षण भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारीसमेत रहेका पौडेलले बताए । एन्टिजेन परीक्षणमा संक्रमण पुष्टि भएकाहरूलाई आइसोलेसनमा पठाउने गरिएको जानकारी पनि उनले दिए । यसैबीच, बिहीवार स्थानीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले पर्साका प्रत्येक पालिकाहरूमा आइसोलेसन बनाउने निर्णय गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको संयोजनमा पर्साका १४ ओटा पालिका प्रमुखहरूको बैठकले कोरोना महामारीको दोस्रो लहर फैलिन नदिन आइसोलेसन र उपचारका अन्य पूर्वाधार तयारी राख्ने निर्णय गरेको पौडेलले बताए ।