काठमाडौं : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबई पठाइदिने भन्दै रकम ठगी गर्ने दुईजनालाई नियन्त्रणमा लिएको छ। पर्साको वीरगञ्ज महानगरपालिका-५ का ललितपुर ठेँचो बस्ने ३३ वर्षीय विकास तामाङ र ६० वर्षका हरिबहादुर तामाङ पक्राउ परेका हुन्।उनीहरूले मोरङ रतुवामाई नगरपालिका ९ इटहराका काठमाडौं शान्तिनगर बस्ने २० वर्षका विक्रम मिश्रसहित ५ जनालाई भिजिट भिसामा दुबई जान प्रतिव्यक्ति एक लाख ९० हजारका दरले नौ लाख ५० हजार रुपैयाँ ठगी गरेको कार्यालयले जनाएको छ।दुबई पुगेपछि प्रतिष्ठित कम्पनी अल सायामा सेल