विराटनगर : वनको कर्मचारी हुँ भन्दै काठ मिलसँग असुली गर्ने दुईजना पक्राउ परेका छन्। फर्निचर उद्योगहरुमा वनको कर्मचारी भएको र रकम नदिए राम्रो नहुने भन्दै चेतावनी दिने दुईजनालाई इलाका प्रहरी कार्यालय सिजुवाले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–६ जुटबिकास बस्ने ५० वर्षीय दधिराम चौहान र मोरङको सुन्दरहरैचा नगरपालिका–७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देल रहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुाि। ती व्यक्तिहरु वन कार्यालयमा तेल सहयोग गर्नुहोस् भन्दै फर्निचर उद्योग