पर्वत : नक्कली सुन देखाएर सक्कली भन्दै ठग्न खोजेको आरोपमा कास्कीमा दुईजना पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार चितवनको माडी नगरपालिका–८ वसन्तपुर स्थायी घर भई हाल जिल्ला कास्कीको पोखरा महानगरपालिका–४ रामकृष्ण टोलमा बस्दै आएका ३५ वर्षीय धर्मेन्द्र खाती (शाय) पक्राउ परेका हुन्। उनीसँगै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–४ रापाकोट घर भई हाल पोखरा– १६ घर्मीखोलामा बस्दै आएका ४० वर्षीय डिलबहादुर विक पनि