ओमिक्रोन संक्रमणबाट मृत्युको जोखिम कति ?

काठमाडौं । यही जनवारी ५ तारिखमा छिमेकी मुलुक भारतको राजस्थानमा एकजना ओमिक्रोन संक्रमितको मृत्यु भयो । उनी ७४ वर्षीय भारतीय नागरिक थिए । उनले कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका थिए र खासै यात्रा पनि गरेका थिएनन् । यद्यपि, उनलाई मधुमेह र उच्च रक्तचापलगायत स्वास्थ्य जटिलता भने पहिलेदेखि नै थियो...

सम्बन्धित सामग्री

ओमिक्रोन सङ्क्रमण कति दिनसम्म अरूलाई सर्न सक्छ?

ओमिक्रोन भेरिअन्ट विश्वभर तीव्र गतिमा फैलिएपछि विभिन्न देशहरूले महामारी नियन्त्रणसम्बन्धी रणनीति परिवर्तन गरेका छन्। खोपबाट बन्ने प्रतिरोधी क्षमता छल्न सक्ने र एक पटक कोभिड भइसकेका व्यक्तिलाई पनि पुनः सङ्क्रमण गराउन सक्ने क्षमता भएको ओमिक्रोन अन्य भेरिअन्टहरूभन्दा सङ्क्रामक छ।सङ्क्रमणको सङ्ख्यामा वृद्धि भए पनि ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमितहरू अस्पताल भर्ना हुने सम्भावना भने नाटकीय रूपमा कम देखिएको छ।दुई मात्राको खोप लगाएका र बूस्टर मात्रा खोप लगाएका व्यक्तिहरूमा यो सङ्क्रमण भए पनि अस्पताल भर्ना हुने सम्भावना कम रहेको प्रमाण छन्।यसले अमेरिका र युकेसहित धेरै देशहरूलाई सङ्क्रमितहरू एकान्तवास बस्ने समय छोट्याएर पाँच दिन राख्न प्रेरित गरेको छ। यसले मानिसहरू सङ्क्रमित भएपछि काममा वा विद्यालयमा बिदा बस्दा हुने समस्या कम गर्ने बताइएको छ।तर विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले ओमिक्रोनसँग निर्धक्क नहुन चेतावनी दिएको छ। उसले खोप नलगाएका मानिसहरूमा यो भेरिअन्ट अझै पनि घातक रहेको बताएको छ।त्यसो भए एकान्तवासको अवधि घटाउने निर्देशिका केमा आधारित छ? हामीलाई नयाँ भेरिअन्ट फैलिने तरिकाबारे के थाहा छ?कति दिनमा लक्षण देखिन्छ?ओमिक्रोन भेरिअन्टबारे कमै मात्र अध्ययन भए पनि अनुसन्धानले यो भेरिअन्ट अन्यको तुलनामा कमजोर मात्रै देखाएको छैन, भाइरस सरिसकेपछि लक्षण देखा पर्न लाग्ने अवधि पनि कम देखिएको छ।यसअघिका कोरोनाभाइरसका भेरिअन्टहरूबाट सङ्क्रमण सरिसकेपछि लक्षण देखा पर्न पाँचदेखि छ दिनसम्म लाग्ने गरेको थियो। डेल्टा भेरिअन्टको हकमा चार दिनमा लक्षण देखा पर्थ्यो।ओमिक्रोनबाट सङ्क्रमण भएको अवस्था दुईदेखि तीन दिनभित्र लक्षणहरू देखा पर्ने गरेका छन्। गत डिसेम्बरमा अमेरिकामा प्रकाशित प्रारम्भिक अध्ययनमा ओमिक्रोनको औसत सङ्क्रमण अवधि तीन दिन देखिएको थियो।सङ्क्रमितसँगको सम्पर्कमा पुगेको व्यक्तिमा एक दिनमै शरीरमा भाइरसहरू बढ्न सुरु हुने स्पेनको इन्टर्न्याश्नल युनिभर्सिटी अफ ला रियोजाका सङ्क्रामक रोग विशेषज्ञ डा. भिसेन्ट सोरियानोले बताए।दुई दिनभित्र गरिएको परीक्षणमा भाइरस देखिन थाल्छ।कति दिनसम्म अरूलाई सर्छ?वैज्ञानिकहरूले सङ्क्रमित व्यक्तिहरूले सङ्क्रमणका सुरुवाती दिनहरूमा बढी सङ्क्रमण फैलाउन सक्ने पत्ता लगाइसकेका छन्। ओमिक्रोनको हकमा लक्षण देखिनुभन्दा एक वा दुई दिनअघि र लक्षण देखिएको दुईदेखि तीन दिनसम्म यो भाइरस अरूलाई सर्न सक्ने ठानिएको छ।डा सोरियानो भन्छन्, “यो भाइरस पाँच दिनसम्म मात्रै सङ्क्रामक हुन्छ। यसको अर्थ परीक्षणमा पुष्टि भएको तीनदेखि पाँच दिनसम्म मात्रै यसमा अरूलाई सर्न सक्ने क्षमता रहन्छ।”उनका अनुसार ओमिक्रोन शरीरमा सात दिनसम्म रहने देखिएको छ। यसको अर्थ लक्षण देखिएको सात दिनपछि लक्षण छैन भने अधिकांश यस्ता व्यक्तिहरूले अरूलाई सङ्क्रमण फैलाउन सक्दैनन्।“तर यो चिकित्सा हो, गणित होइन, त्यसैले यसमा त्यसैले केही तलमाथि हुनसक्छ,” डा. सोरियानो भन्छन्।“केही मानिसहरूमा तीनदेखि चार दिन मात्रै र केहीमा सात दिनसम्म भाइरस रहन सक्छ। ओमिक्रोनमा के चाहिँ निश्चित हो भने यसको सङ्क्रमण यसअघिका भेरिअन्टहरूभन्दा निकै तीव्र फैलिन्छ।”यसमा कुनै व्यक्ति अझै सङ्क्रामक छ वा छैन भनेर ढुक्क हुनका लागि छिटो नतिजा देखाउने एन्टिजन परीक्षण गरिनु सबैभन्दा उत्तम हुने विज्ञहरूको सुझाव छ।“यस्तो परीक्षण सस्तो पनि छ र कुनै व्यक्ति सङ्क्रामक छ वा छैन थाहा पनि दिन्छ,” उनी भन्छन्।लक्षण सहितको सङ्क्रमण भएका व्यक्तिसँग कति दिनपछि भेट्न मिल्छ?अमेरिकाको सेन्टर फर डीजीज कन्ट्रोल एन्ड प्रीभेन्सन सीडीसीले कोभिड-१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूलाई पाँच दिनको एकान्तवासपछि अरूसँग घुलमिल हुन मिल्ने निर्देशिका प्रकाशित गरेको छ।तर यसमा सर्तहरू छन्।सीडीसीका अनुसार तपाईँ सङ्क्रमित हुनुभयो भने:यदि लक्षण छ भने पाँच दिन अलग्गै बस्नुहोस्। पाँच दिनको गणनाका लागि परीक्षण गरिएको दिनलाई शून्य दिन मान्नुपर्छ।पाँच दिनपछि कुनै लक्षण छैन वा सुधार हुँदै छ भने एकान्तवास अन्त्य गर्दा हुन्छ।अन्य मानिसहरूसँग भेट्दा थप पाँच दिन मास्कको प्रयोग गर्नु पर्छ।लक्षण देखिएको पहिलो दिनबाट १० दिनसम्म सकेसम्म यात्रामा ननिस्कनुहोस्।ज्वरो छ भने ज्वरो रहँदासम्म अलग्गै बस्नु पर्छ।लक्षण नभए कति दिन सङ्क्रामक?कोभिड भएका धेरै मानिसहरूमा सङ्क्रमण भएको अवधिभर लक्षण नदेखिएको अनुभव पनि छ। डा। सोरियानोका अनुसार उनीहरूले पनि लक्षण भएका व्यक्तिहरू जति नै आफूमा सङ्क्रमण रहिरहेको बुझ्नुपर्छ।“लक्षणविनाको सङ्क्रमणबारे अझै धेरै कुराहरू खुल्न बाँकी छ। तर सङ्क्रमण रहिरहने अवधि चाहिँ लक्षण भएका व्यक्तिहरूसँग समान नै हुन्छ,” सोरियानोले भने।“बालबालिकाहरूमा धेरैजसो लक्षण देखिँदैन। लक्षण नभए पनि लक्षण भएका वयस्कहरूको जति नै उनीहरूमा पनि भाइरल रहेको अध्ययनहरूले देखाएका छन्।”लक्षण नभएको व्यक्तिले अरूलाई सार्न सक्छ?अध्ययनहरूले कोभिडबाट सङ्क्रमित भएका व्यक्तिहरूमा लक्षण नदेखिए पनि अरूलाई सङ्क्रमण सार्न सक्ने देखाएका छन्। उनीहरू छुट्टै पनि नबस्ने र अन्य सावधानीहरू पनि नअपनाउने सम्भावनाका कारण उनीहरूले अरूलाई सङ्क्रमण सार्न सक्ने थप जोखिम हुने गर्छ।अमेरिकामा प्रकाशित अनुसन्धानले हरेक चारमा एउटा सङ्क्रमण लक्षण नभएका मानिसबाट हुने देखाएको छ।यसअघिका भेरिअन्टको तुलनामा ओमिक्रोन भेरिअन्टमा लक्षण नभएकाबाट अझै बढी सङ्क्रमण फैलिन सक्ने ठानिएको छ। अधिकारीहरूले अरूलाई थाहै नपाई सङ्क्रमण सर्नबाट जोगाउन कोठाभित्र बस्दा मास्कको प्रयोग गर्न सिफारिस गरेका छन्।

नेपालमा ओमिक्रोन भेरियन्ट फैलने जोखिम कति? किन खतरा छ?

भारतमा फैलिरहेको ओमिक्रोनको संक्रमणलाई मुख्य आधार मान्दै सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन नेपाल पनि यसको जोखिममा धेरै मात्रामा रहेको बताउँछन्। नेपाल भित्रै ओमिक्रोन फैलने भन्दा पनि भारतबाट यसका संक्रमित भित्रने हो की भन्ने उनको अनुमान छ।

ओमिक्रोन भेरियन्ट कति सङ्क्रामक, कति  घातक छ ?

कोरोनाभाइरस म्युटेसन अर्थात् उत्परिवर्तन हुँदा सङ्क्रामक भनिएको नयाँ भेरियन्ट ओमिक्रोनबारे विश्वभर बहस चलिरहेको छ । दक्षिण अफ्रिकामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छोटो अवधिमा धेरैमा राष्ट्रमा देखापरेको छ । यस भेरियन्टले हाल कोरोनाविरुद्ध लगाइरहेको खोपलाई छल्न सक्ने विज्ञहरूले आशङ्का  गरिरहेका छन् । ओमिक्रोन भेरियन्ट कति सङ्क्रामकता र घातक हो ? नेपालमा यस भेरियन्टको जोखिम कति छ ? यही सन्दर्भमा भाइरोलोजिस्ट डा. लुना भट्टसँग गरिएको कुराकानी :ओमिक्रोन भेरियन्ट कतिको सङ्क्रामक र घातक छ ?कोर

ओमिक्रोन भेरियन्ट : नेपालले पूर्व तयारीमा खर्चिनुपर्ने समय

१६ मंसिर, काठमाडौं । पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन एकसाताको अवधिमै २४ मुलुकमा पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नयाँ भेरियन्ट बी.१.१.५२९ लाई ‘भेरियन्ट अफ कन्सर्न’मा राखेको छ । यद्यपि कति घातक छ ? खोपको प्रभावकारिता कति रहन्छ भन्ने अझै अध्ययनकै क्रममा छ । तर झण्डै ५० […]

‘ओमिक्रोन’ भेरियन्टको नेपालमा जोखिम कति छ?

काठमाडौं : दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नेपाल भित्रने जोखिम रहेको सरकारले बताइरहेको छ।विश्वव्यापी फैलिएको ‘डेल्टा भेरियन्ट’पछि हाल यो नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विश्वव्यापी चासोको विषय बनेको छ।अप्रत्यक्ष रूपमा कोरोनाको नयाँ भेरियन्ट भित्रन सक्ने हुँदा सावधानी अपनाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको बी ११ ५२९ नाम दिएको यो नयाँ भाइरस २४ नोभेम्बरमा पहिलोपटक विश्व स्वास्थ संगठन (ड

ओमिक्रोन भेरिएन्ट कति घातक छ भन्नेमा अनुसन्धान हुँदैछ: विश्व स्वास्थ्य संगठन

जेनेभा । विश्व स्वास्थ्य संगठनले हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने ’boutमा अनुसन्धान हुन बाँकी रहेको बताएको छ ।विश्व स्वास्थ्य संगठनले यो भाइरस मानिसबाट मानिसमा सजिलै सर्छ या यसले मानिसको स्वास्थ्यमा के कति मात्रामा क्षति गर्छ भन्ने विषयमा अनुसन्धान जारी रहेको […] The post ओमिक्रोन भेरिएन्ट कति घातक छ भन्नेमा अनुसन्धान हुँदैछ: विश्व स्वास्थ्य संगठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

ओमिक्रोन भेरियन्टबारे डब्ल्यूएचओले अनुसन्धान गर्ने

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने बारेमा अनुसन्धान हुन बाँकी रहेको बताएको...

कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’  कति खतरा !

डेल्टा भाइरसको संक्रमण कायम रहेकै बेला कोरोना भाइरसको परिवर्तित नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको छ। स्थलगतभन्दा हवाई आवागमनबाट नेपालमा पनि संक्रमण फैलने जोखिम बढेको हो। ओमिक्रोन (बी.१.१.५२९)लाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भेरियन्ट अफ कन्सर्नको सूचीमा राखेको छ।दक्षिण अफ्रिकामा बुधबार मात्र यसको पहिलो केस पत्ता लागेको थियो। त्यसको नमुना गत कात्तिक २३ गते संकलन गरिएको थियो। डब्लूएचओले यसलाई ‘ओमिक्रोन’ नाम दिएको छ। एक व्यक्तिबाट अर्कोमा छिटो सर्ने हुँदा सम्भ