कोरोनाभाइरस म्युटेसन अर्थात् उत्परिवर्तन हुँदा सङ्क्रामक भनिएको नयाँ भेरियन्ट ओमिक्रोनबारे विश्वभर बहस चलिरहेको छ । दक्षिण अफ्रिकामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छोटो अवधिमा धेरैमा राष्ट्रमा देखापरेको छ । यस भेरियन्टले हाल कोरोनाविरुद्ध लगाइरहेको खोपलाई छल्न सक्ने विज्ञहरूले आशङ्का गरिरहेका छन् । ओमिक्रोन भेरियन्ट कति सङ्क्रामकता र घातक हो ? नेपालमा यस भेरियन्टको जोखिम कति छ ? यही सन्दर्भमा भाइरोलोजिस्ट डा. लुना भट्टसँग गरिएको कुराकानी :ओमिक्रोन भेरियन्ट कतिको सङ्क्रामक र घातक छ ?कोर