केन्द्रीय महाधिवेशन अघि हुन नसकेको प्रदेश–२ को अधिवेशन पुस ६ र ७ गते हुने भएको छ । सर्लाही, बारा र महोत्तरीमा प्रदेश प्रतिननिधि चयन नभएकाले अधिवेशन रोकिएको थियो । केन्द्रीय निर्वाचन समितिले प्रदेश अधिवेशनको अर्को मिति तोकेसँगै प्रदेशमा नेतृत्वका प्रतिस्पर्धा सुरु भएको छ ।