काठमाण्डाै - नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश समितिको लागि आज चुनाव हुँदैछ । प्रदेश-२ बाहेकका ६ प्रदेशमा हिजो उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।
प्रदेश नेतृत्वको लागि विभिन्न समूहले आफ्नो अनुकूल हुने गरी सहकार्य गरेका छन् । संस्थापन पक्ष र संस्थापन इतर पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । प्रदेश-१ मा संस्थापन पक्षलाई नेता कृष्णप्रसाद सिटौला समूहले सहयोग गरेको छ ।
सभापतिमा संस्थापन इतर समूहबाट गुरु घिमिरे र सिटाैला समूहबाट उद्धव थापाले उम्मेदवारी दिएका छन् । वाग्मती प्रदेशको सभापत...