नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरी सक्रियता

कञ्चनपुर, १४ फागुन । नदीजन्य पदार्थको अवैधरुपमा भइरहेको चोरीनिकासी रोक्न कञ्चनपुरमा प्रहरीले सक्रियता बढाएको छ । कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा प्रहरीले नदीजन्य पदार्थको अवैधरुपमा हुने उत्खनन र चोरी निकासी रोक्नका लागि सक्रियता बढाएको हो । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार चालु आवको हालसम्म नदीजन्य पदार्थको चोरी निकासीमा संलग्न १८ वटा […]

सम्बन्धित सामग्री

बढ्यो नदीजन्य पदार्थको चोरीनिकासी

रुपन्देहीका विभिन्न नदीबाट बालुवा, गिट्टी, मिस्कट र ढुङ्गालगायतका नदीजन्य सामग्रीको चोरी निकासी बढेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विगत १० दिनको अवधिमा विभिन्न खोलामा खासगरी रातिको समयमा डोजर, टिप्पर र ट्याक्टरको प्रयोग गरी नदीजन्य सामग्रीको अवैध ओसारपसार बढेको छ । रुपन्देहीका पालिकाले अझै नदीजन्य सामग्रीको ठेक्का लगाइसकेका छैनन् । तस्करले त्यही मौकाको फाइदा उठाउँदै नदीजन्य पदार्थको चोरी निकासी बढाएका छन् ।

नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरीद्वारा निगरानी

कञ्चनपुर । नदीजन्य पदार्थको चोरी निकासी हुन थालेपछि कञ्चनपुरका दोदा, वनहरा, सुनवोरा, स्याली लगायतका नदीमा प्रहरीले निगरानी बढाएको छ । नदीमा नदीजन्य पदार्थ (ढुङगा, गिट्टी, बालुवा) का लागि स्थानीय तहले ठेक्का लगाउन ढिलाइ गरेपछि चोरी निकासी बढ्न थालेको जनाइएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार आव २०८०÷०८१ को हालसम्म अवैध […]

बुटवलमा नदीजन्य पदार्थ चोरीनिकासी रोक्न अनुगमन

बुटवल नदीजन्य पदार्थको चोरी निकासी रोक्न बुटवल उपमहानगरपालिकाले नियमित अनुगमन टोली खटाएको छ । तिनाउ नदी किनार क्षेत्रबाट चोरी निकासी बढेपछि नियमित अनुगमन थालिएको हो । जसमा नगर प्रहरी सहितको टोलीले नियमितरुपमा निगरानी गर्ने र चोरी निकासी रोक्नका लागि स्थानीयसँग समन्वय गर्ने छ ।

नदीजन्य पदार्थ चोरी निकासी बढ्यो

कपिलवस्तुको शिवराज नगरपालिकाको सुरही खोलाबाट नदीजन्य पदार्थको चोरी निकासी बढेको छ । नदीजन्य पदार्थ उत्खनन् गरी तस्करी हुने गरेको स्थानीयले बताएका छन् ।सुरही खोलाको हल्लानगर, हरहट्टी, बिसुनपुर, लक्ष्मणघाटलगायत नाकाबाट नदीजन्य पदार्थको चोरी निकासी हुने गरेको पाइएको छ । सुरही खोलाबाट केही व्यक्तिले नदीजन्य पदार्थ चोरी गरिरहँदा पनि स्थानीय जनप्रतिनिधि मुकदर्शक बनेका छन् । प्रहरी प्रशासनकै मिलेमतोमा यस्तो काम हुने गरेको स्थानीय रामप्रकाश थापाको आरोप छ । चोरी निकासी हुँदा करोडौँ रुपैयाँको राजश्व

तीन टिपर र गाडी सहित १५ क्विन्टल अवैध चिनी बरामद

ईलाका प्रहरी कार्यालय सुनवल नवलपरासीले अवैध तरिकाबाट नदीजन्य पदार्थ उत्खनन गरि बोकी रहेको ३ वटा टिपरलाई नियन्त्रणमा लिएको छ ।सोमबार साँझको समयमा सुनवल नगरपालिका-११ बर्दगोरिया क्षेत्रमा नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन गरि ओसारी रहेको अवस्थामा प्रहरीले लु १ क ३८९०, लु २ ख ४२९० र लु १ क ५४०२ नम्बरको टिपरहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि सुनवल नगरपालिकामा बुझाएको प्रहरी नायब उपरिक्षक भोजराज पाण्डेले जानकारी दिए ।नवलपरासी जिल्लाको खोलाहरुमा स्थानिय तस्करहरू नदीजन्य पदार्थको चोरी निकासी ग

६ महीनामा १९ करोडभन्दा बढी राजस्व संकलन

विराटनगर (अस) । नेपाल प्रहरी प्रदेश १ ले चालू आवको पहिलो ६ महीनामा १९ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । उक्त अवधिमा प्रहरीले ३ हजार ६२७ ओटा मुद्दा दर्ता गरेर कारबाही चलाएको छ । समाजमा हुने आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनबाट उक्त राजस्व संकलन भएको हो । यसैगरी सामान चोरी निकासी गर्ने ४७ जनालाई प्रहरीले पक्राउ गरेको छ । यसबाट ५ करोड ५८ लाख ८० हजार ५६७ रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै नदीजन्य पदार्थको अवैध दोहन गर्ने ३२ जना र नदीजन्य पदार्थ उत्खनन तथा ओसार पसार गर्ने ५१५ ओटा गाडी नियन्त्रणमा लिएर २० लाख १९ हजार २५० राजस्व संकलन गरिएको छ । प्रहरीका अनुसार काठ चोरी निकासी गर्ने ४२ जना मानिस पक्राउ परेका छन् । साथै १ हजार ९५२ क्यूफिट काठ बरामद हुँदा ४४ लाख ४ हजार ६६६ राजस्व संकलन भएको छ । यसैगरी ट्राफिक नियम उल्लंघन गर्ने १ लाख ३१ हजार ५७६ ओटा सवारीसाधनलाई कारबाही गर्दा ८ करोड ५९ लाख ६४ हजार ५०० राजस्व संकलन भएको छ । लागूऔषध नियन्त्रणतर्फ गाँजा ३८२ किलो ८९९ ग्राम, चरेस १४ ग्राम ५०० मिलिग्राम, ब्राउन सुगर १ किलो ४२५ मिलिग्राम, विभिन्न मनोद्दीपक क्याप्सुल १० हजार ६८ वटा नियन्त्रण गरिएको छ । यस्तै १ हजार ६६१ रोपनी क्षेत्रफलमा लगाइएको ७ लाख ५१ हजार ७७८ बोट गाँजा नष्ट गरिएको प्रहरीले बताएको छ ।

पछिल्लो ६ महिनामा ३६२७ मुद्दा दर्ता, १९ करोडभन्दा बढी राजस्व संकलन

मोरङ – विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयले गत ६ महिनामा १९ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको जनाएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्षको पहिलो ६ महिनामा असुल–उपर गरेको जरिवाना, भन्सार चोरी निकासी नियन्त्रण, नदीजन्य पदार्थको अवैध दोहन कारबाही, अवैध काठ चोरी निकासी नियन्त्रण र ट्राफिक कारबाहीका क्रममा १९ करोड ८ लाख ५९ […]

नदी दोहनमा प्रयोग भएका डोजर र ट्र्याक्टर नियन्त्रणमा

म्याग्दी । कालीगण्डकीबाट अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन गर्ने डोजर र ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । कालीगण्डकीको स्थलगत अनुगमन गर्ने क्रममा बुधवार म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको नदी किनारबाट एक्स्क्याभेटर र ट्र्याक्टर नियन्त्रणमा लिइएको हो । अनुगमनका क्रममा अवैध रूपमा नदी दोहनको काममा प्रयोग भएको एउटा एक्स्क्याभेटर र ध १ त ५८० नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ । कालीगण्डकी नदी दोहन गरेको र अनधिकृत रूपमा नदीजन्य पदार्थ उत्खनन गरेको पाइएकाले एक्स्क्याभेटर र ट्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए । कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महŒव भएकाले स्थानान्तरण गर्ने, रिजभ्र्वायर बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थ निकाल्ने, शालग्रामको चोरी, निकासी तथा पर्यावरण प्रतिकूल हुनेगरी कार्य नगर्नू÷नगराउनू भनी सर्वोच्च अदालतबाट उत्प्रेषण आदेश जारी भएको छ । यस्तो अवस्थामा आउँदा दिनमा निगरानी बढाई अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा चोरी, निकासी नियन्त्रण गरिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक गुरुङले जानकारी दिए ।

प्रदेश १ प्रहरीद्वारा गत आर्थिक वर्षमा ४० करोड रुपैयाँ राजश्व संकलन

मोरङ– प्रदेश १ प्रहरी कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा ४० करोड रुपैयाँ राजश्व रकम संकलन गरेको छ। विराटनगरस्थित कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवीनराज राईका अनुसार फैसला कार्यान्वयनतर्फको जरिवाना, भन्सार चोरी निकासा नियन्त्रण, नदीजन्य पदार्थको अवैध दोहन कारबाही, अवैध काठ चोरी निकासी नियन्त्रण र ट्राफिक राजश्वतर्फ गरी कुल ४० करोड ७८ लाख रुपैयाँ राजश्व संकलन […]

कालीगण्डकी नदीमा वर्षयाममै नदीजन्य वस्तु उत्खननको ठेक्का

असार ६ पर्वत । पर्वतको जलजला गाउँपालिकाले वर्षयाममै कालीगण्डकी नदीको निर्माण सामग्री उत्खननका लागि ठेक्का लगाउने भएको छ । पानीको सतह बढेपछि देशका विभिन्न स्थानीय तहले उत्खननमा रोक लगाईरहेका बेला जलजलाले भने वर्खायाममै नदीजन्य पदार्थ उत्खनन गर्ने निर्णय गरेको हो ।  कार्यपालिका बैठकले कालीगण्डकी नदीमा ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ को दफा (४) १३ बमोजिम ठेक्का लगाउने निर्णय गरेको हो । पछिल्लोपटक जारी भएको कार्यविधि अनुसार आठवटा बगरमा सूचना जारी गरेर बोलकबोल गर्ने फार्मलाई आर्थिक ऐन, २०७७ मा भएको व्यवस्थाअनुसार भदौ १५ गतेसम्मका लागि बालुवा निकाल्न ठेक्कामा लगाउने निर्णय गरेको गाउँ कार्यपालिकाका प्रवक्ता देवेन्द्रबहादुर भण्डारीले जानकारी दिए । नदीमा पानीको सतह अहिले बढेको छ । निर्माण सामग्री नदीको किनारमा थुप्रिएको छ । गाउँपालिकाले यहि बेलामा भएभरको बालुवा निकाल्न विलम्व नगरी ठेक्का लगाएको भण्डारीले बताए ।  धेरैजसो स्थानीय तहले मनसुन शुरु भएर सतह बढेपछि नदीजन्य वस्तुको उत्खननमा रोक लगाएका छन् । जलजलाले भने यो समयमा हुने चोरी निकासी र राजस्व चुहावट रोक्न नयाँ कार्यविधिमा टेकेर ठेक्का प्रक्रिया शुरु गर्न लागेको हो । ‘विगतमा वर्षामा ठेक्का नलगाएको समयमा पनि डोजर लगाएर बालुवा निकालेर चोरी निकासी भएको थियो,’ कार्यपालिकाका प्रवक्ता भण्डारीले भने,‘चोरी, निकासी र राजस्व चुहावट हुनुभन्दा नयाँ कार्यविधिअनुसार ठेक्का लगाएरै तोकिएको परिमाणमा वैधानिक हिसाबले बालुवा निकाल्न दिने निर्णय गरेका हौँ ।’ आइइई रिपोर्टअनुसार लामाखेत बगरबाट १० हजार घनमिटर, घुमाउने बगरबाट पाँच हजार घनमिटर, केराबारी बगरबाट सात हजार घनमिटर, मोहनचोकको लुङ्दी बगरबाट १० हजार घनमिटर, फर्सेबगर (क) बाट १० हजार घनमिटर, फर्सेबगर (ख) बाट बीस हजार घनमिटर, ज्यामिरे बगरबाट पाँच हजार घनमिटर र खनीयाँघाट बगरबाट १० हजार घनमिटर बालुवा निकाल्न ठेक्का लगाउने निर्णय गरेको छ । प्रतिघनमिटर रू. २८० न्यूनतम मूल्य कायम भएको छ । जलजलाले यसअघि नदीजन्य वस्तुको उत्खननका लागि उपकरण प्रयोग गर्न दिने गरी ठेक्का सम्झौता गर्दै आएको छ । ठेक्का सम्झौताबिना आफूखुशी बालुवा निकाल्ने र निकासी गर्ने ट्र्याक्टरलाई पहिलोपटक रू. १५ हजार, टिपरलाई रू. २५ हजार र डोजरलाई रू. ५० हजार जरिवाना तिराउने र दोहोर्‍याएमा जरिवाना पनि बढाउने भएको छ । गाउँपालिकाले नदीजन्य वस्तुलाई मुख्य आन्तरिक आयस्रोत बनाएको छ । अध्यक्ष मल्लले विकास आयोजनाका लागि आवश्यक कच्चा पदार्थको सहज आपूर्ति गराउने, आन्तरिक आयस्रोत बढाउने र चोरी निकासी रोकिने बताए । ‘कालीगण्डकीले बगाएर ल्याउने बालुवालाई चेकड्याम बनाएर निकाल्ने हो’, अध्यक्ष मल्लले भने,‘बगेर खेर जाने बालुवा गाउँपालिकाको आन्तरिक आयस्रोतमा रूपान्तरण गराउन सबैको सहयोग आवश्यक छ ।’ सम्झौताअनुसार उत्खनन भए/नभएको अनुगमन र चोरी निकासी रोक्न जिल्ला समन्वय समिति, प्रहरी कार्यालय र पालिकाका प्रहरीले निगरानी गर्ने व्यवस्था मिलाएको छ । चालू आर्थिक वर्षमा पनि नदीजन्य वस्तुसहित ११ महिनाको अवधिमा रू. दुई करोड ८६ लाख आन्तरिक आम्दानी गरेको गाउँपालिकाले जनाएको छ । यसैगरी जलजलाले यही असार ९ गते नीति तथा कार्यक्रम र १० गते बजेट प्रस्तुत गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।