कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण बढ्न थालेसँगै चितवनको सौराहाका होटलमा गरिएका बुकिङ धमाधम रद्द हुन थालेका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले कोरोनाको कहरपछि आन्तरिक पर्यटकबाटै आत्मनिर्भर बन्न लागेको सौराहाका पर्यटकीय होटल दोस्रो लहरको सङ्क्रमणबाट प्रभावित हुन थालेको जानकारी दिनुभयो ।