रुकुम (पूर्व) : कोरोना महामारीको जोखिम बढ्दै गएपछि रुकुमकोट सिल हुने भएको छ। अस्थायी जिल्ला सदरमुकाम रहेको सिस्ने गाउँपालिकाको ५ र ६ नम्बरमा पर्ने रुकुमकोट बजार क्षेत्रलाई एक साताको लागि सिल गरिने भएको हो।बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले रुकुमकोटलाई बुधबार (आज) राती १२ बजेदेखि लागू हुने गरी वैशाख २९ गते राति १२ बजेसम्म एक सातालाई सिल गर्ने निर्णय भएको डिसिसिएमसीका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए।जिल्लामा कोरोना बिराम