काठमाण्डाै – सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार हुन अझै १०/१५ दिन लाग्न सक्ने सङ्केत गर्नुभएको छ । अध्यक्ष ओलीले खेलकुदमन्त्री अहिले नभएको प्रसङ्ग उल्लेख गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिने काममा अझै दुई हप्ता लाग्न सक्ने बताउनुभएको हो ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीले आज आइतवार काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सरकारलाई आग्रहसमेत गर्नुभयो । उहाँले खेलाडीले खेलकुद क्षेत्रको विकासमा राम्ररी ध्यान देओस् भनेर चाहेको उल्लेख गर्दै उनीहरूको त्या...