काठमाडौं। सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीपरिषद्ले पूर्णता पाउन अझै १०/१५ दिन लाग्न सक्ने संकेत गरेका छन्। अध्यक्ष ओलीले खेलकुदमन्त्री हाल नभएको प्रसंग उल्लेख गर्दै मन्त्रीपरिषदलाई पूर्णता दिने काममा अझै दुई हप्ता लाग्न सक्ने बताएका हुन्। मदन भण्डारी स्पोर्टस् एकेडेमीले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सरकारलाई आग्रह समेत गरे।