कोभिड महामारीका कारण सङ्कटमा परेको हस्तकला व्यवसाय बिस्तारै लयमा फर्कन थालेको छ। हस्तकला व्यवसायीहरूका अनुसार काठमाडौँ उपत्यकाभित्रका विभिन्न हस्तकला हवहरुमा पहिलेकै रौनक देख्न थालिएको छ। हस्तकलाजन्य वस्तुको उत्पादनसँगै निर्यातमा पनि वृद्धि भएको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी) को तथ्यांकअनुसार चालू आर्थिक वर्षको ११ महिनामा हस्तकलाजन्य वस्तुको निकासी ८० प्रतिशतले बढेको छ। नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य कोभिडका कारण लामो समयदेखि सुस्ताएको हस्तकला क्षेत्र