ललितपुर – नेकपा एमाले निकट भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले ललितपुरको एकान्तकुनामा रहेकाे यातायात व्यवस्था कार्यालय घेराउ गरेको छ । आज सोमवार सङ्घले यातायात कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणमा अनियमितता, ढिलासुस्ती र लापर्बाही गरेको भन्दै यातायात व्यवस्था कार्यालय घेराउ गरेको हो । कार्यक्रममा बाेल्दै राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष किरण पौडेलले अनलाइन फारम भर्ने भनेर अनलाइन साइट खोले पनि पूर्णरूपमा नचल्ने साइट बनाएको आरोप लगाउनुभयो । उहाँले साइट नचल्दा नागरिकहरू फेरि बिचौलियाकोमा पु...