यस्तो देखियो निषेधाज्ञामा बल्खुको तरकारी बजार, तस्बिरमा हेर्नुस्

कोरोना संक्रमण तीव्र ढंगले फैलिएसँगै काठमाडौं उपत्यका सहित २३ जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा आदेश जारी गरेका छन् । सडक, पसल र बजारहरु पनि निषेधाज्ञापछि प्रायः सुनसान जस्तै देखिएका छन् । प्रशासनले दैनिक उपभोग्य खाद्यान्न, तरकारी, दुध लगायतको खरिदबिक्रीका लागि निश्चित समय समय तोकेर सञ्चालन गर्न भनेको छ । निषेधाज्ञाको दोस्रो दिन शुक्रबार रातोपाटीकर्मी काठमाडौँको बल्खु स्थित तरकारी बजार पुगेर त्यहाँको तस्बिर कैद गरेका छन् । अघिपछि भिडभाड भइरहने तरकारी बजारको दृश्य शुक्रबार भने

सम्बन्धित सामग्री

निषेधाज्ञामा पनि कालीमाटी बजारमा तरकारीको बिक्री बढ्यो

१७ वैशाख, काठमाडौं । सामान्य अवस्थामा भन्दा निषेधाज्ञा सुरु भएपछि कालीमाटी तरकारी बजारमा तरकारीको बिक्री बढेको पाइएको छ । निषेधाज्ञाको दोस्रो दिनसम्म आइपुग्दा सामान्य अवस्थामा भन्दा तरकारीको आयात र बिक्री झण्डै डेढदेखि दुई सय टनसम्मले बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । सामान्य दिनहरुमा दैनिक साढे सात सय टनसम्म तरकारी बजारमा […]

निषेधाज्ञामा के-के बन्द हुन्छ ?

काठमाडौं। काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू हुने भएको छ। निषेधाज्ञामा के खोल्न पाइने र नपाइनेबारे उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले मापदण्ड बनाएका छन्। सार्वजनिक र निजी सवारी साधन बन्द हुने, हिँड्डुलमा कडाइ, होटेल–रेष्टुरेन्टले डेलिभरी सेवा मात्र दिन पाउनेछ। तरकारी बजार बन्द हुनेछ।