गड्डाचौकी सीमा नाका खोल्न भारतीय व्यापारीको माग

कञ्चनपुर : सीमावर्ती भारतीय बजार वनवसाका व्यापारीको कारोवार ठप्प भएपछि सीमा नाका गड्डाचौकी खोल्न आग्रह गरेको छ। प्रान्तीय उद्योग व्यापार प्रतिनिधि मण्डल वनवसा (चम्फावत)ले भारतस्थित नेपाली दुतावासलाई ज्ञापनपत्र पठाउँदै सीमा नाका सञ्चालन गर्न आग्रह गरेको हो।  नेपालको महेन्द्रनगर लगायत क्षेत्रका व्यापारीबाट वनवसाका व्यापारी...

सम्बन्धित सामग्री

चीनसँगको लामाबगर नाका खोल्न राष्ट्रपति भण्डारीको माग

बुना घिमिरेदोलखा : राष्ट्रपति विद्यादेवी भण्डारीले चीनसँगको सीमा नाका लामाबगर खोल्नुपर्ने बताएकी छन्। दोलखा सदरमुकाम चरिकोट भ्रमणका क्रममा बिहीवार उनले उक्त नाका खोल्नुपर्ने बताएकी हुन्।उनले प्राचीन कालदेखि नै यो नाकामार्फत छिमेकी मुलुकसँग व्यापार सम्बन्ध रहेको चर्चा गर्दै उनले यो नाकाको महत्त्व स्पष्ट पारेकी हुन्। राष्ट्रपतिले चीनसँगको व्यापारिक सम्बन्धमा जोड दिँदै उत्तरदक्षिण जोड्ने लामाबगर नाका बन्द रहेकाले उक्त नाका खोल्नुपर्ने आजको आवश्यकता रहेको बताइन्।उक्त नाका खोल्न सकेको खण्डमा चीन

हिल्सा नाका खोल्न हुम्लीको माग, आर्थिक संकटमा व्यवसायी

असोज २४, सिमकोट । छिमेकी मुलुक चीनसँग जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका सञ्चालनमा ल्याउन हुम्लीले माग गरेका छन् ।  कोभिड–१९ को संक्रमणले विगत दुई वषदेखि बन्द रहेको हिल्सा नाकालाई सहज बनाउन जिल्लाका होटेल व्यवसायी, उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै सीमा नाका सञ्चालन गर्ने आग्रह गरेका हुन् ।  सो नाका बन्द भएपछि त्यस क्षेत्रका उद्योग व्यवसाय ठप्प रहेको भन्दै सीमानाका खोल्न माग गरेको होटेल व्यवसायीका अध्यक्ष मीमबहादुर लामाले जानकारी दिए ।  आर्थिक संकटमा व्यवसायी यो सीमानाका बन्द हुँदा यहाँका साना, मझौला, ठूला व्यवसाय आर्थिक संकटमा परेको अध्यक्ष लामाले बताए । हिल्साबाट चीन आवतजावत गर्ने नाका वा सीमा खोल्नका लागि आवश्यक पहल गरीदिन जिल्ला प्रशासनमार्फत सरकारलाई आग्रह गरेको उनले बताए ।  नाकामा खोलिएका होटेल व्यवसाय ठप्प हुँदा उनीहरुको लगानी संकटमा पुगेका छन् । हिल्सा नाका सीमा क्षेत्र बन्द भएपछि हुम्लीको व्यापार ठप्प भएको छ । रोजगारी गुम्यो हिल्सा नाका बन्द हुँदा चीनको ताक्लाकोट गएर काम गरेर जीविकोपार्जन गर्दै आएका करीब सात हजार बढी हुम्लीको रोजगारी गुमेको छ । वैशाख महीनाको अन्तिम महीनादेखि हिमपातले रोकिएको नाका खुलेर रोजगारी लागि उत्तरी नाम्खा गाउँपालिकालगायत अन्य पालिकाका नागरिक ताक्ला पुग्थे । तर दुई वर्षयता चीनमा आत्मनिर्भर रहेको नाम्खा गाउँपालिकाका बासिन्दा सीमा बन्द हुँदा बढी समस्यामा परेका हुन् । वैशाखदेखि मंसिर अन्तिमसम्म ताक्लाकोटमा काम गरेर नेपाल फिर्ता हुनेगरे पनि विगत लामो समयदेखि बन्द हुँदा समस्या बनाएको नाम्काका स्थानीय दावा तामाङले बताए । करीब ८ महीना बढी चीनमा काम गरेर हुम्ला फिर्ता हुनेगरे पनि सीमानाका कोरोनाका कारण बन्द हुँदा हुम्लीलाई घरपरिवारको खर्च चलाउन समेत समस्या बनाएको उनले बताए ।  उनले भने,  ‘उत्तरी नाम्खा चीनमा निर्भर छ, उसो त सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकाका नागरिकसमेत ताक्लाकोट पुगेर राम्रो कमाइ गर्थे । कोरोनाले सीमा बन्द भएपछि चीनले खुलाउन नचाहँदा थप समस्या बनाएको छ ।’ हिल्सा नाका बन्द भएपछि व्यापार–व्यवसाय ठप्प हुनुका साथै दशैंतिहार जस्ता ठूला चार्डपर्वमा सस्तो र सहज उपभोग्य वस्तु उपभोग गर्न नसकिएको उनको भनाइ छ ।  च्याङ्ग्रा नआउँदा खसीको मूल्य आकाशियो दुई वर्षदेखि सीमा बन्द भएर चिनियाँ च्याङ्ग्रा नभित्रिदा हुम्लामा खसीको मूल्य आकाशिएको छ । कोरोना संक्रमणका कारण दुई वर्षदेखि नेपाल चीन सीमानाका हिल्सामा आवतजावत पूर्णरुपमा बन्द भएपछि दशैंमा खसीको मूल्यमा वृद्धि भएको हो । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैं महँगो हुनेभएको छ ।  चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले स्थानीय गाउँघरमा भएका खसी किन्नु पर्दा महँगो मूल्य तिरेर खरीद गर्नुपरेको छ । विगत वर्षमा प्रत्येक वर्षको दशैंमा चीनबाट चिनियाँ च्याङ्ग्रा आउने भएका कारण सस्तोमा दशैं मनाउने गर्थे भने यो वर्षको दशैं हुम्लीको महँगो हुने भएको हो ।  हुम्लाको हिल्सा, लिमी, चुवाखोला, टाके, नेक्पालगायतका नाकाबाट बन्द हुँदा जिल्लामा खसीको तौल हेरेर रू. १५ हजारदेखि ३० हजारसम्म विक्री हुने गरेको छ ।  चीनबाट आएका च्याङ्ग्राको मूल्य दुई वर्ष अगाडि हुम्लामा रू. १० हजारसम्म पर्ने गरेको भए पनि स्थानीय खसी खरीद गर्दा रू. ३० हजारसम्म पर्ने गरेको सिमकोट २ का धनबहादुर भण्डारीले बताए । स्थानीय खसीको मूल्य बढी नै पर्ने गरेको भए पनि यस पटक अन्य विकल्प नहुँदा मूल्य बढेको व्यापारीले बताउने गरेका छन् । व्यापारीले चिनियाँ च्याङ्ग्रा नआउँदा दशैंका लागि भनेर बझाङ, बाजुराबाट समेत खसी ल्याएर विक्री गर्न थालेका छन् । हुम्लाको सदरमुकाम सिमकोटमा खसी मासुको प्रतिकेजी रू.  एक हजार मूल्यमा विक्री हुने गरेको छ ।  विगतका वर्षमा दशैं आउन एक हप्ताअगाडि नै हुम्लामा चिनियाँ च्याङ्ग्रा सदरमुकाम सिमकोटसहित गाउँघरमा भरिभराउ हुने गदर्थे । तर कोरोनाका कारण नेपाल र चीनको सिमाना हिल्सा नाका दुई वर्षदेखि बन्द हुँदा चिनियाँ च्याङ्ग्रा नभित्रिएका हुन् । रासस

सीमा नाका खोल्न लुम्बिनीका व्यवसायीको माग

२८ भदौ, बुटवल । लुम्बिनी प्रदेशका व्यवसायीहरुले कोरोना संक्रमण घट्दै गएकाले सम्पूर्ण सीमा नाका खोल्नुपर्ने माग गरेका छन् । लुम्बिनी नागरिक समाजको अगुवाइमा सोमबार व्यवसायीहरुले रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै मुख्य नाकाबाटै आवतजावत गर्न …

सीमा नाका खोल्न माग गर्दै जसपाको धर्ना

नेपाल भारत सीमा तत्काल खोल्न पश्चिम नवलपरासीमा जनता समाजवादी पार्टीले र्यालीसहित धर्ना दिएको छ । जिल्लाको पाल्हिनन्दन गाउँपालिका १ मा रहेको महेशपुर भन्सारदेखि नेपाल भारत सीमासम्म दबाबमूलक र्‍याली गर्दै दशगजामा एक घण्टा धर्ना दिएको हो ।

सीमा नाका खोल्न माग गर्दै धर्ना

कोरोना भाइरस सङ्क्रमण रोकथाम गर्न नेपाल तथा भारत सरकारले सिल गरेको नाका खोल्न माग गर्दै अनिश्चितकालीन धर्ना सुरु गरिएको छ।

नेपाल-भारत सीमा नाका खोल्न माग

मलङ्गवा । नेपाल–भारत सीमा नाका खोल्न सर्लाहीवासीले माग गरेका छन् । कोरोना सङ्क्रमण नियन्त्रणका लागि लामो

नेपाल-भारत सीमा नाका नखाेलिए आन्दाेलन गर्ने सर्लाहीवासीकाे चेतावनी

सर्लाही – नेपाल–भारत सीमा नाका खोल्न सर्लाहीवासीले माग गरेका छन् । कोरोना सङ्क्रमण नियन्त्रणका लागि लामो समयदेखि बन्द रहेको नेपाल–भारतकाे याे नाकाका कारण दुवै देशका सीमावर्ती क्षेत्रका बासिन्दाले आफूहरू समस्यामा परेको भन्दै नाका नखोलिए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।  साेमबार जिल्ला समन्...

https://www.onlinekhabar.com/2020/06/877013

१४ असार, डोटी । कञ्चनपुरको गड्डाचौकी सीमा नाका खोल्न भारतीय व्यापारीहरुले माग गरेका छन् । भारतीय सीमावर्ती बजार वनवसाका व्यापारीहरुले आफ्नो व्यापार व्यवसाय ठप्प रहेको भन्दै सीमा नाका खोल्न माग गरेका हुन् । प्रान्तीय उद्योग व्यापार …