कास्की - पोखरामा चलिरहेको मेयर सम्मेलनमा महानगर सञ्चालनका अनुभवसहित सहकार्यका विषयमा छलफल केन्द्रित रहेको छ ।
पोखरा महानगरको आयोजनामा भएको सम्मेलनमा पोखरासहित काठमाण्डौ, ललितपुर, विराटनगर, चितवन र वीरगञ्ज महानगरका मेयर, उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको छ । महानगरले सम्मेलनलाई ‘मेट्रो मिट नेपाल’ नाम दिएको छ ।
सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका विषयमा छलफलसहित अनुभव आदानप्रदान भइरहेको पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिनुभयो । महानगरलाई थप उत्त...