एजेन्सी। टोकियो ओलम्पिकमा नवौँ दिन सकिँदा स्वर्ण पदकमा चीनको वर्चस्व कायमै छ। २४ स्वर्ण, १४ रजत र १३ कास्यसहित कुल ५१ पदकसहित चीन शीर्ष स्थानमा छ। २० स्वर्ण, २३ रजत र १६ काश्यसहित कुल ५९ पदकका साथ अमेरिका दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको आयोजक जापानले १७ स्वर्ण, ५ रजत र ९ काश्यसहित कुल ३१ पदक जितेको छ।