७५५ जना अमेरिकी कूटनीतिज्ञलाई रूसले दियो देश छाड्ने आदेश

रुसले ७५५ जना अमेरिकी कूटनीतिज्ञलाई देश छाड्ने आदेश दिएको छ। अमेरिकाले रुसमाथिको प्रतिबन्ध जारी राख्ने भएपछि राष्ट्रपति भ्लाद्मिर पुटिनले आगामी सेप्टेम्बरसम्ममा ती कूटनीतिज्ञलाई देश छाड्ने आदेश दिएका हुन्। गत शुक्रबार दुई देशबीच तत्काल सम्बन्ध सुधारिने छाँटकाँट नदेखेको बताउँदै पुटिनले सो निर्णय गरेका हुन्। यसपछि रुसमा ४५५ जना अमेरिकी कूटनीतिज्ञ रहनेछन्। कूटनीतिज्ञ निष्कासनको यो कदम आधुनिक…

सम्बन्धित सामग्री

प्रगतिको आर्थिक वर्ष

यतिबेला देशमा विभिन्न संस्था तथा कम्पनीहरूले गत आर्थिक वर्षको अडिट रिपोर्ट बनाएर सम्बन्धित निकायमा पेश गर्ने चरणमा छन् । धेरैको प्रगति सन्तोषजनक छैन । देशको प्रगति विवरण चैं कस्तो छ त ? सरकार भन्छ– देशको प्रगति त निकै राम्रो छ ।  तर जनता मान्दैनन् । जो भेट्यो उही देशले उन्नति र विकास गर्न सकेन भनेर गुनासो गरिरहन्छन् । देशमा यत्रा यत्रा सुन्दर काण्डहरू भइरहँदा पनि देशले प्रगति गरेन भन्न मिल्छ र ? वास्तवमा यो काण्डैकाण्डहरूको कालखण्डमा देशले निकै प्रगति गरिसकेको छ नि । यो अफवाह हो भनेर कसरी मान्नु ? अफवाह नै हो भने कसैले तथ्यांकसहित खण्डन किन नगरेको त ? हेर्नुस्, हाम्रा नेताहरू सत्यतथ्यसँग डराउँछन्, तर अफवाहसँग फिटिक्कै डराउन्नन्, बरु फैलाउँछन् । तर समाचार सत्य नै हो कि देशले प्रगति चैं गरेकै छ । तर कहाँबाट, कताबाट कति प्रगति भएको छ भन्नेमा चाहिँ सरकार र जनताको फरक तथ्य छ । गएको आर्थिक वर्षमा देशले गरेको प्रगति विवरण चैं यस्तो छ, सरकारका अनुसार ।  गतवर्ष मौसम राम्रो रह्यो । गर्मीमा गर्मी भयो, जाडोमा जाडो । वर्षा मौसम सकिने बेलामा झरी पर्‍योे । झरीले खेतलाई मात्र पानी दिएन, सडकका खाल्टाखुल्टी पनि पानीले नै पुर्दियो । सरकारले निर्णय लियो कि पानी पर्नासाथ धान रोपाइँ गर्ने भनेर । बाढीले पुल पुलेसा सडक बगाँउदा अर्को वर्ष नयाँ ठेक्का लगाउन बाटो खुलेको छ । तर समयमा पानी नपरेका कारण सरकारले भारतबाट चामल आयात गर्ने निर्णय गर्‍यो । तर भारतले चामल निर्यातमा रोक लगाएकाले अब सरकारले कुनै अर्को देशबाट वा चीनबाट चामल ल्याउने निर्णय गर्दै छ । निर्णय गर्ने, आह्वान गर्ने, आदेश दिने वा समिति गठन गर्ने काममा सरकारले ढिलासुस्ती फिटिक्कै गरेको छैन । देशको के भो कुन्नि नेताहरूको आर्थिक स्थिति चाहिँ खुब राम्रो रह्यो । देशले विदेशबाट रिन माग्यो, त्यो रिन जनताको नाममा आयो, नेता र कर्मचारीको भागमा गयो । नेताहरूले आफैलाई चाहिँ कसैसँग पनि रिन मागेनन्, बरु अरूलाई दिए । जो धनी थिए, अझ धनी भए । जो गरीब थिए, अझ गरीब भए । जो दुवैका बीचमा थिए, उनीहरू कहीँका पनि रहेनन् । त्रिशंकुझैं बीचमै अड्किरहेका छन्, जताततै भड्किरहेका छन् । कुल मिलाएर औसतमा उन्नति नै भयो ।  यो वर्ष देशमा प्रतिव्यक्ति आय बढ्यो अर्थात् कमाइ बढ्यो, खासगरी ती मानिसहरूको जो कि कमिशन खान्छन् वा घूस । देशमा रोजगारी बढ्न सकेन, तर बेरोजगार भने बढे । त्यसैले विदेश जाने बढे, नजाने देशमै सडे । जो काम गर्न चाहन्थे, उनीहरूसँग काम थिएन । जोसँग काम थियो, उनीहरू गरिरहेका थिएनन् । जसले गरे, त्यसको प्रतिफल राम्रो निस्केन । तर पनि मानिस हाँसिरहेकै देखिन्थे । त्यसैले प्रतिव्यक्ति खुशी यति बढ्यो कि मानिसहरूले ५० को साटो सय र सयको साटो ५०० को नोट खर्च गर्न थाले । कसैले कसैलाई ऋण दिएन । जसले दियो, उसले फिर्ता पाएन । जीवनस्तर यति माथि उठ्यो कि भिखारीले पनि ५/१० रुपैयाँको साटो ५०/१०० माग्न थाले । डकैतीको कला अब शहरमा मात्र सीमित रहेन । सिंहदरबार गाउँ गाउँ पसेसँगै डकैती पनि सँगसँगै गाउँ पसेको छ । यसले गर्दा डाँकाहरूलाई आफ्नो आर्थिक स्थिति सुदृढ गर्न थप बल पुगेको छ । मान्छेहरूले अलिअलि दूध बेचेर, नभए जग्गा बेचेर वा विदेश गएर कमाएर टिभी, फ्रिज र मोबाइल चैं किने । टिभी र मोबाइल दुई भागमा बाँडियो । आधा हिस्सा नेताहरूले लिए, आधा अभिनेताहरूले । अर्थात् टिभी र मोबाइलका पर्दामा कि नेता देखिए, कि अभिनेता, अभिनेत्री । मानिसहरू देशतर्फ हेर्नुको साटो टिभी वा मोबाइलतर्फ हेर्न थाले । देशमा स्मार्ट मोबाइल के छिर्‍याथ्यो, देश मोबाइलभित्रै छिर्‍यो । मानिसको जीवनस्तर उठ्यो । जो सडकमा हिँड्थे अब फ्लाईओभरमाथि हिँड्न थाले । जो साइकलमा गुड्थे, उनीहरु पाखा लागे, वा मोटरसाइकल चलाउने भए वा गाडीमा गुड्ने भए, अझ चिलगाडीमा उड्ने भए । यसरी देशले प्रगति गरिरहेकै छ । यसको मतलव देश सुरक्षित छ । नेता पनि सुरक्षित छन् । नेताका चम्चा अझ सुरक्षित छन् । जो सुरक्षित छैनन्, ती आत्महत्या गर्नतिर लागेका छन्, जसको अवसर सरकारले छताछुल्ल उपलब्ध गराएको छ । आफ्ना सुरक्षाका खातिर डाँकाहरू नेतासँग वा दलसँग आत्मसमर्पण गरिरहेका छन् र नेताहरूले डाँकाहरूसँग । पत्रपत्रिकामा छापिने फोटोहरू हेरेर सर्वसाधारणले को नेता हो, को डाँका हो, छुट्ट्याउन नसक्ने भएका छन् ।  डकैतीको कला अब शहरमा मात्र सीमित रहेन । सिंहदरबार गाउँ गाउँ पसेसँगै डकैती पनि सँगसँगै गाउँ पसेको छ । २–४ वर्ष अगाडि ५० रुपैयाँमा हुने एउटा सानो सिफारिशकोे शुल्क अहिले ५००० नाघेको छ । डाँकाहरूले लुटेको धनबाट मन खोलेर मोटरसाइकल र गाडी खरीद गरेका छन् । यसले गर्दा डाँकाहरूलाई आफ्नो आर्थिक स्थिति सुदृढ गर्न थप बल पुगेको छ । यसरी सबैतिर शान्ति छाएको छ ।  विश्वविद्यालयमा आगो लगाउन र प्रोफेसरलाई मोसो दल्न यो वर्ष पनि कालोमोसो र मट्टीतेलको अभाव रहेन । शिक्षाको क्षेत्रमा स्थिति यस्तो रह्यो कि जहाँ विद्यार्थी थिए, त्यहाँ पढाउनेहरू थिएनन् र जहाँ पढाउनेहरू थिए, त्यहाँ विद्यार्थी थिएनन् । तर जहाँ दुवै थिए, त्यहाँ पढाइ हुँदै भएन । तैपनि नतीजा ठीकै निस्कियो । तर जागीर मिलेन । हाम्रो देशमा पढाइ सकिएपछि जब जागीर पाइँदैन, तब उनीहरू कि त अरूलाई पढाउनतिर लाग्छन्, कि पार्टीतिर । नभए विदेशतिर भाग्छन् । जो पार्टीतिर लागे, उनीहरूले कुनै न कुनै राजनीतिक नियुक्ति पाएर सात पुस्तालाई पुग्नेगरी कमाए । नेता मन्त्रीहरू पनि विदेश यात्रामा निस्किरहे । जो गएनन्, तिनलाई भेट्न विदेशी देशमै आए, कोही सुन त कोही डलर उपहार लिएर ।  प्रदेश सरकारले केन्द्र सरकारसँग बजेट र समय मागिरह्यो । तर केन्द्र सरकारले दिन सकेन । यसले गर्दा प्रदेशका मुख्यमन्त्रीहरूले प्रदेशमा काम गर्न नसकेकाले त्यहाँका जनताका सामु मुख देखाउन लायक रहेनन् । त्यसैले मुख लुकाउन प्रदेश सरकारका मुख्यमन्त्रीहरू बस्ने स्थायी किसिमको आवास भवन केन्द्रमै तयार गरियो । यो पनि अर्को एउटा प्रगतिको सूचक नै हो । अब गाउँपालिका र नगरपालिका प्रमुखहरूलाई पनि तीन शहर नेपालमा यस्तै व्यवस्था गर्न सके झन् प्रगति हुन्छ । यो वर्ष सबैभन्दा बढी आम्दानी नाटकमा काम गर्नेहरूकै रह्यो, खासगरी राजनीतिक रंगमञ्चमा काम गर्नेहरूको । लोकतन्त्रकालीन यो वर्ष पनि सबैले खाइरहेकै छन्, गाइरहेकै छन्, केही न केही पाइरहेकै छन् । त्यसैले सबै ठीकठाक नै छ । यसलाई देशले उन्नति, प्रगति गरिरहेकोे मान्नैपर्छ । केवल एउटा कुरामा भने देश अलि पछाडि परेको छ । त्यो हो– विशुद्ध नागरिक हुनु चैं श्राप भएको छ यो वर्ष पनि । ‘उप्रान्त रैतीहरू भन्याका प्रगतिका शत्रु हुन्’ भन्या अग्रगामी दिव्योपदेशमा लेख्याको रहेछ ।

गभर्नर सम्बन्धी सर्वाेच्चकाे अन्तरिम आदेशकाे अर्थ

काठमाडौँ – सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै निलम्बन फुकुवा भएका गभर्नर महाप्रसाद अधिकारी बुधबार काममा फर्किएका छन् । सरकारको निर्णयविरुद्ध अदालत पुगेको अधिकारीको रिटमा मंगलबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै काममा नरोक्न आदेश दियो । महाप्रसाद अधिकारीको निलम्बन र त्यसपछि सर्वोच्चको आदेशबाट उनी काममा फर्किने आदेशको अर्थबारे देश सञ्चारका सम्पादक युवराज घिमिरेको […]

कस्तो हुन्छ गणतन्त्रको अनुहार ?

देशमा गणतन्त्र आउँदा जसरी स्वागत गर्नेको हुल थियो, अहिले गणतन्त्रलाई गाली गर्नेको त्यस्तै हुल देखिन्छ । एउटै तन्त्र पनि केही वर्षमै तालीबाट गालीमा किन जाँदै छ ? हिजो राजाको खोइरो खन्नेहरूसमेत अहिले एकाएक राजाको बेलामा देश स्वर्ग भएको भन्न थालेका छन् । गति बिग्रिएको हो कि मति ? आँखा फेरिएको हो कि चस्मा ? रनभुल्लमा छु है म त ! प्रतिपक्ष दल जसले आफू सत्तामा हुँदा होस् या बाहिर पहिलेदेखि नै प्रजातन्त्रको गला आफ्ना निजी विचारका तलबारले काट्दा काट्दा संसदीय प्रजातन्त्रको तारलाई नै छिन्न भिन्न गर्दिइसकेको छ । अहिले उसैले दिनदिनै दिने गरेको संसदीय प्रजातन्त्रकोे दिव्योपदेश सुनेर बस्नुपर्ने भएको छ । हो, अहिले एक किसिमले गणतन्त्रको गला काट्ने प्रतियोगिता फुल स्पीडमा चलिरहेको छ । हुन त यो गणतन्त्र पहिला गला काटाकाट गरेर, पछि गाला चाटाचाट गरेर नै आएको हो क्या रे ! तर अहिले यसको गला काटिँदै गएका खबरहरू निरन्तर जारी छन् । राजनीतिको यो कलहकारी गलाकाट् प्रतियोगितामा एक अर्कोको गला काट्दै गणतन्त्रको गला काट्ने कलाकारी गरिरहेका छन् । खाशगरी प्रत्येक राजनीतिक दल आआफ्नो ढंगबाट गणतन्त्रको गला काट्ने वा दबाउनेमा अब्बल सावित हुँदै छन् । आफूलाई प्रजातन्त्रको ठेकेदार जस्तो गर्ने दलले पनि आफ्नो सत्ता टिकाउन खुलेआम गणतन्त्रको घाँटी दबाउने काम गर्दै आएको छ । बुलेटवाला र ब्यालेटवाला अथवा घ्यू बेचुवा र तरबार बेचुवा मिलेर बनेको सत्ता गठबन्धन विधिको शासन, आवधिक निर्वाचन र लोकतान्त्रिक अभ्यासमाथि खेलवाड गर्दै कानूनै संशोधन गरेर भए पनि स्थानीय तहको निर्वाचन झन्डै एक वर्ष पछि धकेल्ने गृहकार्यमा जुटेको थियो । सर्वत्र विरोध भएर हो या गुरुको आदेश आएर हो  निर्वाचन पर धेकेलेर तर मार्ने काम सम्भव हुन सकेन र मात्रै । नत्र धन्नै सिध्याएका थिए ! अर्को, प्रतिपक्ष दल जसले आफू सत्तामा हुँदा होस् या बाहिर पहिलेदेखि नै प्रजातन्त्रको गला आफ्ना निजी विचारका तलबारले काट्दा काट्दा संसदीय प्रजातन्त्रको तारलाई नै छिन्न भिन्न गर्दिइसकेको छ । यसका लागि उसले आफू विपक्षमा पुग्नासाथ न कहिल्यै संसद् चल्न दियो, न उद्योगधन्दा राम्रोसँग चल्न दियो । बरु केवल आफ्ना नजिकका क्रोनी व्यापारी र आसेपासेलाई मात्र फल्न फुल्न दियो । अहिले उसैले दिनदिनै दिने गरेको संसदीय प्रजातन्त्रकोे दिव्योपदेश सुनेर बस्नुपर्ने भएको छ । मुलुकमा संविधान र संसद् छन् । संविधान चाहिँ चामल नपसेको फोस्रो धान जस्तो बनाका छन्, हाला लगाएर जता पनि बत्ताउन मिल्ने । अनि संसद्लाई चाहिँ सत्तामा जाने वा केवल तलब–भत्ता खाने भर्‍याङ मात्र बनाका छन् । संसद्लाई सक्रिय बनाएर ऐनहरू जारी गर्नुको साटो त्यसलाई बन्धक बनाएर दलीय सहमतिको नाममा यहाँ अर्को राणाकालीन भारदारीसभाको अभ्यास पनि भइरहेको छ । गणतन्त्रमा कानून पनि कैयौं किसिमका छन् । भनौं, विविध कानूनका शानदार फूलका गुच्छा । एउटा त्यो कानून, जसलाई केवल राजनीतिज्ञले मात्र मान्छन् । एउटा त्यो कानून, जसलाई नोकरशाह याने कर्मचारीतन्त्रले धान्छन् । एउटा त्यो कानून, जसलाई न्यायकर्मीहरू मात्रै आफ्नो ठान्छन् । एउटा त्यो कानून, जसलाई केवल पुलिसहरू चिन्छन् । अनि अर्को एउटा कानून जसमा जनता केवल किचिन्छन् । यसरी कानूनहरूका बीचमा कैंयौं प्रकारका कानूनहरू सल्बलाइरहेका छन् । यिनै अलग अलग कानूनका मातहत गणतन्त्रको गला विचित्र तरिकाले निस्सासिँदो छ । सबै मिलेर गणतन्त्रलाई गाँडतन्त्र बनाएका छन् । अनि त्यही गाँडलाई आहा भन्दिनुपर्ने रे जनताले । झन् कोरोनाकालमा त आआफ्ना ढंगको आफ्नै प्रकारको विचित्र कानूनको चलन आएको छ । जोर बिजोर रे । हे दैव ! कोही बिरामी पर्‍यो भने आफूसँग भएको साधन घरमा थन्क्याएर कसको सहारा लिएर, कसको गाडीमा सिटामोल खोज्न शहर बजार धाउने होला ? अनि कोरोना सार्ने गाडीले हो कि मान्छेले हो ? हैन के खान्छन् होला यहाँका शासक र नोकरशाहीहरू यस्ता अद्भूत निर्णयहरू गर्नलाई हँ ? हुन त ठोकन्ते शासक र घोकन्ते नोकरशाहहरूले योभन्दा बढी जान्ने कुरा पनि भएन । २५ जनाभन्दा बढीको भेला गर्न नपाइने फरमान जारी छ । तर यो फरमान दल भनाउँदाहरूलाई लागू हुँदैन । उनीहरू त कुनै नेता मरिहाल्यो भने मलामी पनि जुलुस वा जन्तीसरी जुटाउन सफल हुन्छन् । तर एउटा सामान्य जनता मर्‍यो भने पशुपतिसम्म पुर्‍याउने जन्तु समेत फेला पर्दैन । र, उसको जाँदाजाँदै बागमती मातासँग भेट्ने इच्छासमेत अधुरै रहन्छ । आआफ्ना मुर्दाका आआफ्ना भाग्य ! जस्तो मुर्दा त्यस्तै कानून ! भाग्यमानी मुर्दाले नै काइदासँग भीड जम्मा गर्न पाउँछ र त्यो जाँदाजाँदै पनि गणतन्त्रको गला थिच्नमा आफ्नो बहादुरी देखाएर जान्छ । आफ्नो आफ्नो प्रजातन्त्रको आफ्ना आफ्ना स्टाइल छन् । यता गणतन्त्रको गला काट्नेहरू, यसको घाँटी दबाउने कतिपय दलाल, चम्चा, नेता भनाउँदाहरू यति आनन्दप्रेमी छन् कि यी जहाँ रहेर पनि आफ्नो मस्ती मार्न पछि पर्दैनन् । कहिले पक्ष त कहिले विपक्षमा बसेर । कहिले संसद् त कहिले सडकमा कुर्लेर । कहिले नेता त कहिले चम्चा बनेर । कहिले अफिसर त कहिले पिएन भएर । कहिले माइतीघरमा त कहिले सिंहदरबार त कहिले दिल्ली वा बेइजिङ पसेर । यसरी यिनीहरूले आफ्नो ढंगले गणतन्त्रको गला दबाउने खेल खेलि नै रहेका छन् । विसं २०६५ सालदेखि हरेक वर्ष जेठ १५ मा सरकारले गणतन्त्र दिवस मनाइरहेको छ । हरेक दिवसमा शहीदमञ्चमा नेताहरू ‘देशमा गणतन्त्र आइसकेकाले देश अब समाजवादको बाटोमा हिँडिरहेको’ सगर्व घोषणा गरिरहन्छन् । तर के गणतन्त्र साँच्चै आइसकेको हो र ? कसलाई आएको हो ? तर खै हाम्रोतिर त आएको छैन । न त हाम्रो टोल, समाजमा नै देखिएको छ गणतन्त्र । न स्कूल कलेजमा देखिएको छ यो गणतन्त्र, न अस्पतालहरूमा । न त सार्वजनिक यातायातहरूमा वा न सरकारी कार्यालयहरूमा । न बजारमा न बस्तीमा । कहाँ अट्क्यो त त्यो गणतन्त्र ? लगभग सबै दल देशमा गणतन्त्र आयो भनिरहेका छन्, तर हामीले देखेका छैनौं । यसको मतलब के गणतन्त्र केवल राजनीतिक दल र नेताहरूकोमा मात्र पुगेको हो ? हामी पनि त्यो गणतन्त्रलाई हाम्रो टोल समाजमा पनि ल्याउन आतुर छौं । मानिसहरू गणतन्त्रको स्वागतका लागि फूल, अबिर, स्वागतद्वार र ताम्र घडाहरूसहित तम्तयार पनि छन् । आआफ्नोमा हात समातेर ल्याउन चाहन्छन् गणतन्त्रलाई । हाम्रो टोलका प्रत्येक नागरिक गणतन्त्रलाई हेर्न चाहन्छन्, छुन चाहन्छन् र अझ भोग्न चाहन्छन् । तर अहिलेसम्म कसैले पनि गणतन्त्रको अनुहार देख्न पाएको छैन । के तपाईंको टोलमा आएको छ त गणतन्त्र ? के तपाईंले कतै देख्नुभएको छ त गणतन्त्रलाई ? कस्तो हुन्छ हँ गणतन्त्रको अनुहार ?

अमेरिकाले युक्रेनस्थित दूतावासका कर्मचारी परिवारसहितलाई देश छोड्न आदेश किन दियो?

अमेरिकाले युक्रेनमा रहेको आफ्नो दूतावासमा कार्यरत कर्मचारीका परिवारलाई युक्रेन छोड्न आदेश दिएको छ । रुसले सीमा क्षेत्रमा सैनिक तैनाथ गरेसँगै बढेको तनावलाई मध्यनजर गरेर अमेरिकाले आफ्नो दूतावासका कर्मचारीलाई युक्रेन छोडन आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाको विदेश मन्त्रालयले दूतावासमा कार्यरत अत्यावश्यक बाहेकका कर्मचारीलाई स्वदेश फर्किन छुट दिएको छ । यस्तै युक्रेनमा रहेका अमेरिकीहरुलाई […]

अमेरिकाले रुसका २७ कूटनीतिकर्मीलाई दियो देश छोड्ने आदेश

अमेरिका र रुसबीचको सम्बन्ध चिसिँदै जाँदा अमेरिकाले रुसका २७ जना कूटनीतिकर्मीलाई देश छोडेर जान आदेश दिएको छ ।  अमेरिकाका लागि रुसका राजदूत एनातोली एन्टोनोभले कूटनीतिकर्मीहरूलाई जनवरी ३० सम्म परिवारसहित अमेरिका छोड्न भनिएको जानकारी दिए । रुसी दूतावासमा पहिलेदेखि नै कर्मचारीको अभाव रहेको उनको भनाइ छ ।  रुसको परराष्ट्र मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाका अनुसार, अक्टोबर २९ सम्म अमेरिकामा रुसका २०० कूटनीतिकर्मी मात्र छन् ।  संयुक्त राष्ट्रसंघका लागि रुसको मिसन स्टाफ पनि त्यसैमा समेटिएका छन् ।&nb...