अमेरिका र रुसबीचको सम्बन्ध चिसिँदै जाँदा अमेरिकाले रुसका २७ जना कूटनीतिकर्मीलाई देश छोडेर जान आदेश दिएको छ ।
अमेरिकाका लागि रुसका राजदूत एनातोली एन्टोनोभले कूटनीतिकर्मीहरूलाई जनवरी ३० सम्म परिवारसहित अमेरिका छोड्न भनिएको जानकारी दिए । रुसी दूतावासमा पहिलेदेखि नै कर्मचारीको अभाव रहेको उनको भनाइ छ ।
रुसको परराष्ट्र मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाका अनुसार, अक्टोबर २९ सम्म अमेरिकामा रुसका २०० कूटनीतिकर्मी मात्र छन् ।
संयुक्त राष्ट्रसंघका लागि रुसको मिसन स्टाफ पनि त्यसैमा समेटिएका छन् ।&nb...