२४ वर्षका युवक बने एमालेको गाउँपालिका अध्यक्ष

१४ कात्तिक, गोरखा । गोरखामा नेकपा एमालेको भीमसेन थापा गाउँपालिका कमिटीको अध्यक्ष बनेका सुजन सिंखडा भर्खरै २४ बर्ष पुगेका छन् । यही कात्तिक ९ गते भएको पालिका अधिवेशनबाट उनी सर्वसम्मत गाउँपालिका अध्यक्षमा चयन भए । भीमसेनथापा गाउँपालिका–४ धावाका सिम्खडाले २०७० सालदेखि एमालेको विद्यार्थी राजनीति शुरु गरेका थिए । ‘स्कुले जीवनमा राजनीतितर्फ खासै रुची गएन,’ उनले […]

सम्बन्धित सामग्री

रुसी फौजमा रहेका गाउँपालिका अध्यक्षका भाइको मृत्यु

काठमाडौं । रूसी फौजमा रहेका भोजपुरका एक युवक मृत्यु भएको छ । भोजपुरस्थित पौवादुङ्मा गाउँपालिकाका अध्यक्ष किरण राईका भाइ ३७ वर्षीय प्रितमको रुसी फौजमै हुँदा मृत्यु भएको हो । गाउँपालिका अध्यक्ष किरणका अनुसार वैशाख २० गते प्रितमको मृत्यु भएको सूचना आएको छ । प्रितम किरणका माहिला भाइ हुन् ।

२१ वर्षीय अध्यक्षलाई उपाध्यक्षको असहयोग, गाउँ सभा बस्नै सकेन

२५ असार, वीरगञ्ज । स्थानीय तहको निर्वाचनमा पर्साका कालिकामाई गाउँपालिका निकै चर्चामा थियो । किनकि पालिकामा २१ वर्षीय युवक बशिष्ट कुमार पालिका प्रमुखमा निर्वाचित भएका थिए । नयाँ जोश र नवीन सोचले पालिकाको विकास हुने अपेक्षा नागरिकले राखेका थिए । तर गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीचको द्वन्द्वले गर्दा गाउँ सभासमेत हुन सकेको छैन । स्थानीय सरकार […]

२१ वर्षीय युवक गाउँपालिका अध्यक्ष निर्वाचित

जनता समाजवादी पार्टी (जसपा) की सहानी खातुनले ३ हजार ८३४ मत ल्याएर दोस्रो हुनुभयो । ५ वटा वडा रहेको कालिकामाई गाउँपालिकामा जसपा ३, कांग्रेस र एमाले १/१ वडामा जित निकाल्न सफल भएका छन् ।

सर्लाहीको रामनगरमा २२ वर्षीय युवक काकालाई पछि पार्दै बने गाउँपालिका अध्यक्ष

गाउँपालिकामा दिग्गज नेताहरु चुनावी मैदानमा रहेको बेला २२ वर्षीय युवकले चुनाव जित्नुलाई धेरैले आश्चर्य मानेका छन्। सर्लाही रामनगर गाउँपालिकाको अध्यक्षमा आफ्नै काकालाई पनि राजाबाबु यादवले पराजित गरेका छन्।

हतियारसहित हिँड्छन् गाउँपालिका अध्यक्ष

२३ फागुन, सुर्खेत । जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत गाउँमा हतियारसहित हिँडडुल गरेपछि स्थानीय त्रसित भएका छन् । आइतबार गाउँपालिका–६ स्थित घरंगामा बन्दुक बोकेका उनका सहयोगीको तस्वीर सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्वीरमा एक युवक बन्दुक बोकेर मोटरसाइकलमा बसेका छन् । अध्यक्षा बस्नेतले पनि बन्दुक आफ्नो भएको र बन्दुक बोक्ने युवक […]

गाउँपालिका अध्यक्ष जो संक्रमितलाई पिठ्युँमा बोक्छन्

ओछ्यानमा थलिएका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीका तामाङ थरका २१ वर्षीय युवक बोल्न सक्न छाडेको पाँच घण्टा वितिसकेको थियो । दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित दिदिको घरमा बसिरहेको अवस्थामा बिरामी परेका तामाङको स्वास्थ्य अवस्था ‘निको होला भन्दाभन्दै’ झन् जटिल अवस्थामा पुगिसकेको थियो । छिमेकीले थाहा पाएपछि सोमबार विहान दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईलाई खबर गरे ।

कोरोनाबाट २४ वर्षीय पुरुषको मृत्यु

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरीका एक युवकको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि गत सोमबार अस्पताल भर्ना भएका सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ का २४ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको गाउँपालिका अध्यक्ष परशुराम चौधरीले जानकारी दिए । ती युवक एक साताअघि नै भारतको दिल्लीबाट फर्किएको र उपचारका क्रममा मृत्यु भएको  र आजै शवको व्यवस्थापन गरिएको छ ।

बागलुङको धुल्लुबाँस्कोटमा युवक संघको प्रशिक्षण भेला

सञ्जाल शर्मा, बागलुङ । अखिल नेपाल युवक संघको बरेङ गाउँपालिका– १ धुल्लुबाँस्कोटमा प्रशिक्षण तथा वडा भेला सम्पन्न भएको छ। युवक संघका गण्डकी प्रदेश सचिव तथा जिल्ला उपाध्यक्ष सञ्जाल शर्माको बिषेश उपस्थितिमा पौष २० गते सम्पन्न भएको हो । लिउँवामा सम्पन्न भेलाले पदम बहादुर रानाको अध्यक्षतामा २३ सदस्यीय वडा समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा ओमकार पौडेल , सचिव युवराज गुरुङ, सहसचिव सुमन थापा र कोषाध्यक्षमा खेम बहादुर थापा चयन हुनु भएको छ । सदस्यहरुमा कुमार घर्ती मगर, शिव ढुंगाना, पुजन आचार्य, दयाराम आचार्य, सन्तोष पोखरेल, पुर्ण परियार, कृष्ण थापा, प्रवेश आचार्य, खेम बहादुर थापा, प्रदिप पुन, टिकाराम गलामि, बलराम थापा, राम बहादुर थापा, गोपाल थापा, निरज रुजाल, डोलबहादुर नोहार, प्रेम बहादुर गुरुङ, मदन थापा र डम्बर बहादुर राना रहनुभएको छ। युवक संघका पालिका उपाध्यक्ष सन्तोष पोखरेलको अध्यक्षतामा सुरु भएको कार्यक्रमलाई युवक संघका नेता शर्माले सम्बोधन गर्दै युवाहरु सचेत र संगठित हुदै समाजमा रहेका अन्याय, अत्याचार, शोषण र भ्रष्टाचारको विरुद्धमा सशक्त भण्डाफोर गर्दै समाज रुपान्तरणमा बिशेष भूमिका खेल्नको लागि युवाहरूलाई आग्रह गर्नु भयो। त्यसैगरी जिल्ला समन्वय प्रमुख तथा राष्ट्रिय जनमोर्चाका नेता राजेन्द्र ढुंगाना र बरेङ गाउँपालिका अध्यक्ष कृष्ण शर्माले युवाको भेलालाई प्रशिक्षण मन्तव्य दिदै देशको बर्तमान अवस्थामा, युवाको अवस्था र युवा आन्दोलनको दिशा, राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षत, उध्यमशिलता लगाएतका बिषयलाई समेटेर युवाहरूलाई उत्साही बनाउनु भएको थियो। भेलाले बरेङ गाउँपालिका– १ धुल्लुबाँस्कोट वडा समिति गठन गरे लगतै साविक वडामा टोल समिति गठन गर्ने कार्ययोजना समेत बनाएको छ। जस नुसार यहि पौष २४ गते साविक वडा ६ र ७ मा, पौष २५ गते साविक वडा न. ५ र ९ मा,पौष २६ गते साविक वडा ३ र ४ मा र पौष २७ गते साविक वडा न.१,२ र ८ मा टोल समिति गठन संगै भेला प्रशिक्षण गर्ने ठेगान गरेको छ।

क्वारेन्टाइनबाट सङ्क्रमित फरारपछि उच्च सतर्कता

सीमावर्ती भारतीय क्वारेन्टाइनमा रहेका कोरोना सङ्क्रमित एक युवक फरार भएपछि बाँकेको नरैनापुर गाउँपालिकामा उच्च सतर्कता अपनाइएको छ । भारतको श्रावस्ती जिल्लास्थित सिरसिया क्वारेन्टाइनमा रहेका नरैनापुर ३ बहाउपुर्वा गाउँका युवक क्वारेन्टाइनबाट सोमबार फरार भएपछि नेपाल भित्रिएर गाउँमा आएको हुनसक्ने आशङ्काले स्थानीयबासीलाई सजग बनाई खोजतलास थालिएको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

सोलुखुम्बुमा एक जनाकाे रिपाेर्ट शंकास्पद , स्थानीय त्रसित

साेलुखुम्बु : मंगलबार गरिएकाे आरडिटी टेस्टमा सोलुखुम्बुका १ जनाको रिपोर्ट शंकास्पद देखिएको छ। जिल्लाको लिखुपिके गाउँपालिका ५ का २८ वर्षका युवकको रिपोर्ट शंकास्पद देखिएकाे गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले जानकारी दिए। अध्यक्ष बस्नेतका अनुसार ती युवक केही दिनअघि भोजपुरमा पुल बनाउने कामबाट गाउँ ...