सुनकोसी पुल निर्माणमा चरम ढिलासुस्ती

खोटाङ, असार २६ । दोश्रोपल्ट थप भएको म्याद नाघ्दा खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारस्थित सुनकोसी पुलको भौतिक प्रगति ४८ प्रतिशत मात्र पुरा भएको छ । निर्माण कम्पनी कम्पनी गौरी पार्वती वाईपी जेभीको ढिलासुस्तीका कारण दिक्तेल–गाईघाट सडक खण्ड अन्तरगत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसी पुलको भौतिक प्रगति अझै ५२ प्रतिशत […]

सम्बन्धित सामग्री

सुनकोशी पुल निर्माण कार्य तत्काल शुरु गर्न स्थानीयको खबरदारी

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको मेरुदण्ड मानिने सिन्धुपाल्चोक र दोलखालाई जोड्ने सुनकोसी नदीको पक्की पुल निर्माण कार्य छ वर्ष बित्दा पनि अघि बढ्न सकेको छैन। निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले निर्माणको काम अलपत्र छाडेपछि तीन वर्षअघि बन्नुपर्ने सुनकोसी पुल छ वर्ष बितिसक्दासमेत निर्माण नभएपछि त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबिसे…

छ वर्षसम्म बन्न सकेन पुल

जिल्लाको बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको मेरुदण्ड मानिने सुनकोसी नदीको पक्की पुल निर्माण कार्य छ वर्षसम्म पनि बन्न सकेको छैन । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले निर्माणको काम अलपत्र छाडेपछि तीन वर्षअघि बन्नुपर्ने सुनकोसी पुल छ वर्ष बितिसक्दासमेत पुल निर्माण नभएपछि त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका स्थानीयले शनिबार पुलमा धर्ना दिएका छन् । प्रभावित क्षेत्रका सयौँ स्थानीयले पुलमा भेला भएर ठेकेदार निर्माण कम्पनी र सडक डिभिजन कार्यालयलाई पुल निर्माण गर्नका लागि दबाब दिएका छन् ।