मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको एरिया समिति गठन

खिमराज चालिसे/चण्डीगढ (भारत) ।। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगङ्गानगर नगर समितीका पूर्वअध्यक्ष शिवप्रसाद शर्माको पहल तथा विषेश उपस्थितिमा नौ सदस्यीय एरिया समिति गठन गरिएको छ । भारतस्थित नेपालीको समसामयिक समस्या तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आवश्यकतालगायतका विषयमा व्यापक छलफलपश्चात गठन गरिएको सो समितिमा अध्यक्ष रिख बस्नेत, उपाध्यक्ष दिपक घर्ती, सचिव विष्णु जिसी, कोषाध्यक्ष प्रविन थापा र सदस्यहरूमा नवराज केसी, भरत बस्नेत, अञ्चल बस्नेत, विष्णु विक र वसन्त बस्नेत रहनुभएको छ ।

सम्बन्धित सामग्री

पञ्जाबको जालन्धरमा मूलप्रवाहको टोल समिति गठन

खिमराज चालिसे, चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितीद्वारा सञ्चालित बस्ती बावाखेल एरिया समिति अन्तर्गत राज नगरमा टोल समिति गठन भएको छ । १४ मार्चको श्रमजीवी नेपालीहरुको बिचमा एउटा भेलाको आयोजना गरि भारत स्थित नेपालीहरुको अबस्था लगाएतका समसामयिक विषयहरुमा छलफल पश्चात टोल समिती गठन गरिएको हो । नगर सहसचिव तिलबहादुर थापा, एरिया अध्यक्ष यमबहादुर घर्ती, एरिया सदस्य हरीकला बगाले, निर्मला पाण्डे र राम बहादुर सिंजालीको संयुक्त पहल तथा मूल प्रवाहका केन्द्रीय सदस्य कुलबहादुर बगालेको विषेश उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । भेलाले ११ सदस्यीय राजनगर टोल समिति गठन गरेको छ। जसको अध्यक्ष नरेश कुमाल, उपाध्यक्ष दिपक राना, सचिव अर्जुन कुँवर, सहसचिव प्रकाश पाण्डे, कोषाध्यक्षमा बिमल पाण्डे चयन हुनुभएको छ । सदस्यहरूमा लालबहादुर, तारा कुँवर, गिता राना, तारा पाण्डे, कमलादेवी कुमाल, बेदप्रसाद परियार रहनु भएको छ ।

भारतको चंडिगढमा मूल प्रवाहको टोल समिति गठन

खिमराज चालिसे, चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगरसमितीद्वारा संचालित सिटि एरिया समिति अन्तर्गत सेक्टर २४ मा टोल समिति गठन गरिएको छ । महिला नगर सदस्य मन्जु विकको पहल तथा केन्द्रीय सल्लाहकार तथा नेपाली समाचारका संयोजक खिमराज चालिसे र नगर सदस्य एवम् एरिया अध्यक्ष दुर्गा विकको विषेश उपस्थितिमा सम्पन्न भेलाले समिति गठन गरेको हो । भेलामा ‘मूल प्रवाहको इतिहास एवम् हाम्रो दाहित्वबारे प्रशिक्षण तथा छलफल गरिएको थियो । भेलाले विमला पाण्डेको अध्यक्षतामा १३ सदस्यीय ‘प्रगतिशील’ नामक टोल समितिको गठन गरेको छ । समितिको उपाध्यक्षमा सिता खडका, सचिव विनोद गौतम, सहसचिव विष्णु पाण्डे कोषाध्यक्ष समुन्द्र कार्की र सदस्यहरुमा कासीराम डांगी, बालीका डांगी, कमल बहादुर खडका, ज्योती कार्की, रिना, कृतीका अमगाईं, ऋषी अमगाईं, मोनिका सुवेदी लगाएत हुनुहुन्छ। नवनिर्वाचित समितिको तर्फदेखी अध्यक्षको सपथ ग्रहण पछि शुभकामना दिने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय सल्लाहकार एंव युगदर्शन सम्वाददाता खिमराज चालिसे, नगर सदस्य एंव एरिया अध्यक्ष दुर्गा विक, महिला नगर सदस्य मन्जु विक, विद्यार्थी नगर सदस्य सम्झना विक, वाल विभागका संयोजक सन्दिप विक लगाएत हुनुहुन्थ्यो ।

फरीदावादमा विद्यार्थीहरुको नगर समिति गठन

अजय रेश्मी,फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत रहेको अखिल भारत नेपाली विद्यार्थी संघले फरीदावादमा नगर भेला सम्पन्न गरेको छ। अजय रेश्मीको अध्यक्षता र कमल कुँवरको सञ्चालनबाट अगाडि बढेको सो भेलामा सिमा गिरीले मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो । कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिबाट सुर्य बहादुर क्षेत्री, क्षेत्रीय समितिबाट धरम खनाल, नगर समितिबाट बाबुराम बिष्ट र रमेश चन्द्र क्षेत्री, महिला विभागबाट मिश्री खङकाले भेला सफलताको शुभकामना दिनुभएको थियो । भेलाले ७ पूर्ण, २ वैकल्पिक र ४ सलाहकार गरि १३ सदस्यीय नगर समिति गठन गरिएको छ । समितिको अध्यक्षमा अजय रेशमी, उपाध्यक्ष प्रतिभा भुसाल, सचिव कमल कुँवर, उपासचिव विपना बिष्ट र, कोषाध्यक्षमा सरिता बिसी चयन हुनुभएको छ । सदस्यहरुमा कमला थापा, कविता थापा र वैकल्पिक सदस्यमा सिमा गिरी र ऋशी राना रहनभएको छ । भेलाले सागर खङका, रेखा बिष्ट, सिर्जना खनाल र केशव थापालाई सल्लाहकार चयन गरेको छ ।

हनुमानगढ़ नोहरमा मूल प्रवाहको एरिया समिति गठन

खिमराज चालिसे, चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रीय समितीद्वारा संचालित हनुमानगढ़ नगरसमिती अन्तर्गत नोहरमा एरिया भेला सम्पन्न गरिएको छ । सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य एवम् श्रीगंगानगर नगर अध्यक्ष गिरुप्रसाद न्यौपाने, श्रीगंगानगरका पूर्वनगर अध्यक्ष शिवप्रसाद पोख्रेल, रक्तिम केन्द्रीय विभागका सदस्य हुकुमबहादुर जीसीको विषेश उपस्थितिमा समिति गठन गरिएको हो । सो समितिको अध्यक्षमा कृष्णबहादुर जिसी, उपाध्यक्ष दानप्रसाद सुवेदी, सचिव तुल्सीराम सुवेदी, सहसचिव शिवबहादुर महतारा, कोषाध्यक्ष शिबा पोख्रेल सुवेदी, र सदस्यहरुमा वर्षमान बस्नेत, गुमान सुवेदी, राम बस्नेत र गोबिन्दबहादुर जिसी रहनुभएको छ ।

पश्चिम भारतमा मूल प्रवाहकाे प्रशिक्षणसँगै समिति गठन तीब्र

धनविर पुन, भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत विभिन्न नगर समितिहरुका प्रशिक्षण सम्पन्न भएको छ। समाजका महासचिव ठाकुर खनाल, केन्द्रीय सदस्य गोविन्द थापा, भिमसिंह विष्ट, क्षेत्रीय अध्यक्ष वेदबहादुर कार्की, उपाध्यक्ष कृष्ण कुँवर, कोषाध्यक्ष श्रीधर शर्मा, महिला नेतृ रमकला काउछा लगायतका विभिन्न नेता कार्यकर्ताहरुको सहभागितामा फरक– फरक मितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न पारिएको क्षेत्रीय अध्यक्ष वेदबहादुर कार्कीले जानकारी दिनु भयो । क्षेत्रीय समिति अन्तरगत सिलवासा, वापी पूर्व, वापी पश्चिम, दमन, नाडियाड र अहमदावादमा महासचिव ठाकुर खनालको विशेष उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो । प्रशिक्षणमा देशको तत्कालिक राजनीतिक परिस्थिति,प्रवासमा नेपालीहरुले भोग्नु परेका विभिन्न प्रकारका समस्याहरु र सामाधान, संगठनले खेल्दै आएको भुमिकाको बारेमा प्रशिक्षण चलाइएको थियो । सिलवासमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रम नगर सदस्य दिलीप खरेलको सञ्चालन, नगर अध्यक्ष छोटेलाल चौधरीलेको अध्यक्षतामा अघि बढेको थियो । गुडगावमा टोल भेला सम्पन्न मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुरुग्राम नगर समिति अन्तरगर्त पूवी एरिया समितिद्वारा सञ्चालित सेक्टर ५७ टोल समितिको बार्षिक भेला क्षेत्रीय समितिबाट कमल रायमाझीको विशेष उपस्थितिमा सम्पन्न भएको थियोे । उक्त भेलाले ७ सदस्यीय सेक्टर ५७ टोल समिति गठन गरिएको छ । समितिको अध्यक्षमा रमा रेश्मी मगर, सचिव, निसान घर्ती मगर, कोषाध्यक्षमा भगवती घर्ती मगर चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा रुपसिंह रेस्मी, अन्जु रेस्मी, माया घर्ती मगर र रिता पौडेल रहनुभएको छ । त्यसैगरि सोही नगर र एरिया समितिद्वारा सञ्चालित बिजय नगर टोल समितिको बार्षिक भेला लाल बहादुर रानाको अध्यक्षता जित बहादुर बिकको सञ्चालनमा सम्पन्न भएको छ । भेलामा क्षेत्रीय सदस्य कमल रायमाझी, नगर समितिकी माया बिक आतित्थ्यता रहेको थियो । भेलाले लाल बहादुर रानाको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा बलराम केसी, सचिव होमबहादुर थापा, कोषाध्यक्षमा सुरज कुमार रहनुभएको छ भने सदस्यहरुमा बलराम केसी, पुनमजीतबहादुर बिक, नबरत्न केसी र मिथुन सुनार हुनुहुन्छ । भिवाडीमा एरिया समिति गठन एकता समाज नगर समिति भिवाडी अन्तर्गत यूआटि एरिया समिति गठन गरिएको छ । नगर ...

जालन्धरमा मूल प्रवाहको टोल समिति गठन

खिमराज चालिसे, चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगरसमिति अन्तर्गत बस्ती बावाखेलस्थित कच्चाकोटमा संगठन विस्तार भएको छ । नगर सहसचिव तिलबहादुर थापाको पहल तथा केन्द्रीय सदस्य कूलबहादुर बगालेको विषेश उपस्थितिमा सम्पन्न भेलाले ११ सदस्यीय टोल समिति गठन गरेको हो । नवनिर्मित कच्चाकोट टोल समितिको अध्यक्षमा लालबहादुर थापा, उपाध्यक्ष भिमबहादुर आले, सचिव प्रदीप आले, सहसचिव राधिका घर्ती, कोषाध्यक्ष वसन्ती आले र सदस्यहरुमा सपना सोमै, बिमला आले, रिखबहादुर थापा, करन बगाले, अकाश थापा, खिमबहादुर सोमै रहनु भएको छ । भेलामा केन्द्रीय सदस्य बगालेले भारत स्थित नेपालीहरुको अवस्था तथा उनीहरुका समसामयिक समस्याहरु र मूलप्रवाहको विधानबारे स्पष्ट पार्नुभएको थियो ।

मूल प्रवाहको एरिया समिति गठन

खिमराज चालिसे, चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना फोकलप्वाइन्ट नगरसमिती अन्तर्गत सनिवा एरिया समिति गठन भएको छ । नगर सचिव अर्जुन कार्की र नगर कोषाध्यक्ष धनप्रसाद अधिकारीको पहल तथा क्षेत्रीय सदस्य उदैसिंह चन्दको विषेश उपस्थितिमा सम्पन्न भेलाले समिति गठन गरेको हो । भोजराज शर्माको अध्यक्षतामा गठित ११ सदस्यीय एरिया संगठन समितिको उपाध्यक्षमा अस्मिता थापा, सचिव बसन्ती थापा,सहसचिव इन्द्रा केसी र कोषाध्यक्षमा कल्पना शर्मा चयन हुनु भएको छ । सदस्यहरुमा दिवा शर्मा, केशव पाठक, राकेश थापा, हेम मलासी, लम्मी मलासी, केशव पाण्डे रहनुभएको छ । भेलाले मूल प्रवाहको ऐतिहासिक पृष्ठभूमि तथा विभिन्न समसामयिक विषयमा छलफल समेत गरेको थियो ।

हिसारमा प्रशिक्षण कार्यक्रम सहित टोल समिति गठन

खिमराज चालिसे, चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितीद्धारा सञ्चालित सिटिएरिया बिको आयोजनामा प्रशिक्षण भेला सम्पन्न भएको छ। मूलप्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चीमोत्तर क्षेत्रीय सल्लाहकार तारा सोमरे र नगर अध्यक्ष नन्द बहादुर लम्तरीले मूलप्रवाहको आवश्यक्ता, भारत स्थित नेपालीहरुको अवस्था र देशको वर्तमान अवस्था लगाएतका समसामयिक विषयहरुमा प्रशिक्षण दिनु भएको थियो । सोहि भेलाले विष्णु पोख्रेलको अध्यक्षतामा १५ सदस्यीय टोल समितिको पनि गठन गरिएको छ । समितिको सचिवमा राजकुमार, कोषाध्यक्ष, पुजा सुनार चयनहुनु भएको छ भने सदस्यहरुमा सालिकराम कुमाल, प्रकाश, मोहन, अनिल, विष्णु सुनार, रचना सुनार, शक्ति, निर्मला पोख्रेल, रमा कुमाल, खेम बहादुर कुमाल, शिव नारायण सुवेदी रहनुभएको छ। नवगठित समितिको तर्फबाट विष्णु पोख्रेलले सपथ ग्रहण गर्नु भएको थियो भने नव निर्वाचित समितिलाई दुर्गा शर्मा,रक्तिम विभागका संयोजक योगेन्द्र दर्लामीले बधाई तथा शुभकामना दिनु भएको नगर सचिव तारा सोमारेले जानकारी दिनुभएको छ। कार्यक्रम मन बहादुर घर्तीमगरको सञ्चालनमा तथा एरिया अध्यक्ष केहर सिंहको अध्यक्षतामा सम्पन्न भएको सो सभामा रामु शर्माले स्वागत मन्तव्य तथा योगेन्द्र दर्लामीले स्वागत गितद्बारा स्वागत गर्नु भएको थियो। स्मरण रहोस हिसार नगर समितिले आज पनि सदस्यता वितरण अभियान अन्तर्गत सो टोल समिति गठन गरेको हो।