खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगरसमिति अन्तर्गत बस्ती बावाखेलस्थित कच्चाकोटमा संगठन विस्तार भएको छ ।
नगर सहसचिव तिलबहादुर थापाको पहल तथा केन्द्रीय सदस्य कूलबहादुर बगालेको विषेश उपस्थितिमा सम्पन्न भेलाले ११ सदस्यीय टोल समिति गठन गरेको हो ।
नवनिर्मित कच्चाकोट टोल समितिको अध्यक्षमा लालबहादुर थापा, उपाध्यक्ष भिमबहादुर आले, सचिव प्रदीप आले, सहसचिव राधिका घर्ती, कोषाध्यक्ष वसन्ती आले र सदस्यहरुमा सपना सोमै, बिमला आले, रिखबहादुर थापा, करन बगाले, अकाश थापा, खिमबहादुर सोमै रहनु भएको छ ।
भेलामा केन्द्रीय सदस्य बगालेले भारत स्थित नेपालीहरुको अवस्था तथा उनीहरुका समसामयिक समस्याहरु र मूलप्रवाहको विधानबारे स्पष्ट पार्नुभएको थियो ।