जापानी परराष्ट्र मन्त्रालयले दिएको फरेन मिनिस्टर कमेन्डेसन पुरकार नेपालस्थित जापानी राजदूत युताका किकुताले शुक्रबार जान अध्यक्ष डा. रामचन्द्र भुसाललाई एक समारोहबीच हस्तान्तर गरे।...
काठमाडौं, २७ फागुन । नेपाल जाइका अलमनाई एसोसिएसन(जान)ले ४९औं वार्षिकोत्सव मनाएको छ। शनिबार बबरमहलस्थित कार्की बैङक्यूटमा जानको ४९औं वार्षिकोत्सव समारोह सम्पन्न भएको हो। समारोहमा नेपालका लागि जापानी राजदूत किकुता युताका प्रमुख अतिथि रहेका थिए। नेपाल र जापानबीचको सम्बन्ध अझ मजबुत बनाउने जानको प्रमुख उद्धेश्य रहेको संस्थाका अध्यक्ष रामचन्द्र भुसालले बताए।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले नेपाल प्रमुखमा अकिमुत्सो अकिबुलाई नियुक्त गरेको छ ।
यसअघिका प्रमुख युमिको आसाकुमाको कार्यकाल पूरा हुने बित्तिकै अकिबुलाई नेपाल प्रमुखमा नियुक्त गरिएको जाइकाद्वारा मंगलवार जारी विज्ञप्तिमा जनाइएको छ ।
यसअघि अकिबु जाइकाकै टोकियोस्थित प्रधान कार्यालयमा वरिष्ठ प्रतिनिधिका रूपमा कार्यरत थिए ।
सन् २०२१ देखि जाइका प्रवेश गरेका उनले नियोगका विभिन्न विभागमा रहेर काम गर्नुका साथै भुटान, म्यान्मा, कम्बोडियास्थित जाइकाको कार्यालयमा प्रमुखको भूमिका समेत निर्वाह गरिसकेका व...
काठमाडौं (अस) । जाइका र नेपाल सरकारबीच धानको बीउ परियोजना सहकार्यका लागि सम्झौता भएको छ । ‘बीउ उत्पादन अभिवृद्धि, आपूर्ति र गुणस्तर नियन्त्रण प्रणाली परियोजना’मा प्राविधिक सहकार्यका लागि जाइकाले नेपाल सरकारसँग उक्त सम्झौता गरेको हो । यो परियोजना कार्यान्वयनको अवधि ५ वर्ष (सन् २०२२ को मार्चदेखि सन् २०२७ को मार्चसम्म) रहेको छ ।
परियोजना कार्यान्वयन निकाय बीउ गुणस्तर नियन्त्रण केन्द्र, कृषि तथा पशु विकास मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र प्रदेश १ को भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय रहेका छन् । परियोजना प्रदेश १ मा मुख्यतः झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लामा कार्यान्वयन हुनेछ ।
परियोजनाको उद्देश्य प्रदेश १ मा गुणस्तर सुधारिएको बीउको प्रसारमार्फत धानको बीउ उत्पादन अभिवृद्धि, आपूर्ति र गुणस्तर नियन्त्रण प्रणाली मजबूत बनाउनु एवम् नेपालमा धानको बीउ उत्पादन अभिवृद्धि, आपूर्ति र गुणस्तर नियन्त्रण प्रणाली कार्यान्वयन बलियो बनाउनु रहेको छ । धान नेपालको कृषिमा मुख्य बाली हो । परियोजना कार्यान्वयन भइरहँदा र सम्पन्न भएपछि समेत यसले नेपालको दिगो सामाजिक र आर्थिक विकासमा टेवा दिने अपेक्षा गरिएको छ ।
उपत्यकाको सडक सुधार र ट्राफिक व्यवस्थापनका लागि अध्ययन हुने भएको छ । जाइका नेपालको प्राविधिक सहयोगमा सडक विभागसँगको समन्वयमा उपत्यकामा बढ्दै गएको सवारी चापलाई व्यवस्थापन गर्ने गरि अध्ययन गर्ने भएको हो ।बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव शर्मा र जाइका नेपाल कार्यालयका प्रमुख प्रतिनिधि युमिको आसाकुमाबीच ‘काठमाडौं उपत्यकामा सहरी यातायात व्यवस्थापनको परिचय दिने […]