काठमाडौं, चैत २ । राष्ट्रिय सहकारी महासंघले सहकारी संस्थाका ऋणी सदस्यतालाई समयमा नै ऋणको किस्ता तथा ब्याज भुक्तानी गर्न आह्वान गरेको छ । विज्ञप्ती जारी गर्दै नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय महासंघले ऋणी सदस्यहरूलाई समयमा नै नियमित किस्ता तथा ब्याज भुक्तानी गरी अन्य सदस्यहरूको बचत रकम फिर्ता गर्न सहज वातावरण बनाइदिन आग्रह गरेको हो । […]