काठमाण्डाै - गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लिएको ऋण जनप्रतिनिधि, पूर्वसञ्चालक, पूर्वकर्मचारीले समयमै नतिर्दा बचतकर्ता समस्यामा परेका छन् ।
नगरपालिकाको वडा नं ६ का वडाध्यक्ष नवराज लामा सहकारीको सचिव भएका बेला २०६९ साल असोज १६ मा श्रीमती राधा राईका नाममा १६ लाख ३० हजार दुई सय ८६ रुपैयाँ ऋण लिनुभएको थियो । लामाले लिएको ऋणको अवधि २०७० असोज १५ मा सकिए पनि अझैसम्म ऋण तिर्नुभएको छैन । लामा २०७४ को पालिका चुनावमा नेकपा (एमाले) का तर्फबाट वडा सदस्य पदमा निर्वा...