सहकारीको ऋण नतिर्नेलाई कारबाही गर्ने कुश्मा नगरपालिकाको चेतावनी

पर्वत : जिल्लाको कुश्मा नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सहकारीबाट ऋण लगेर नतिरेकालाई तिर्न ताकेता गरेको छ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलद्वारा जारी सूचनामा कुश्मा नगरपालिका क्षेत्रभित्रका सहकारी संस्थाबाट ऋण लगेका ऋणीले आफूले लगेको ऋणको साँवाब्याज र हर्जाना समेत चुक्ता गर्न भनिएको छ।सहकारीबाट ऋण लगेका सहकारी संस्थाका ऋणी सदस्यहरूले आफ्नो संस्थामा सम्पर्क गरी नियमानुसार नतिरेको अवस्थामा प्रचलित सहकारी ऐन तथा नियमावली र संस्थाको स्वीकृत विनियम बमोजिम कारबाही गर्ने चेता