जसपा नेतृत्वको प्रदेश २ सरकारमा काँग्रेस सहभागी भएको छ । जसपासँग दुई बुँदे सहमति भएसँगै सरकारमा सहभागी भएका काँग्रेसका ३ मन्त्रीले बुधबार राति प्रदेश प्रमुख राजेश झा (अहिराज) बाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
काँग्रेसबाट मन्त्री बन्नेमा रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह रहेका छन् । यादव भौतिक पूर्वाधार, शर्मा ऊर्जा तथा सिँचाइ र सिंह महिला तथा बालबालिका मन्त्री चयन भएका छन् ।
जसपाभित्रको विवादका कारण मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र ३ राज्यमन्त्रीलाई बर्खास्त गरेर काँग्रेस...