काठमाडौं : बलात्कार पछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया भागरथी भट्टको अनुसन्धानमा संलग्न दुई प्रहरीलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले एक तह बढुवा गरेका छन्। सोही घटनाको अनुसन्धानमा सफल नेतृत्व प्रदान गर्ने सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी सहित पाँच जनालाई नगद पुरस्कार प्रदान गरिएको छ।प्रहरी प्रधान कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर थापालाई प्रहरी नायब निरीक्षक (सई) मा बढुवा गरि