भागरथी हत्या अनुसन्धान गर्ने दुई प्रहरीको भयो बढुवा

रहस्यमय र जटिल देखिएको बैतडी दोगदाकेदार गाउँपालिका ७ कि १७ वर्षीया किशोरी भागरथीको बलत्कारपछि हत्या गरेको घटनाको सफल अनुसन्धान गरेकोमा दुई प्रहरीलाई एक तह बढुवा गरिएको छ। नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले भागरथी हत्या घटनाको अनुसन्धान सफल बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेकाले दुई प्रहरीलाई प्रहरी प्रधान कार्यालयले एक तह बढुवा गरेको बताए। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी सहायक निरीक्षक पदम थापालाई प्रहरी नायब निरीक्षकमा बढुवा गरिएको छ। भने इलाका प्रहरी का...

सम्बन्धित सामग्री

भागरथी हत्या प्रकरणको सफल अनुसन्धान गर्ने सात प्रहरी पुरस्कृत

काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको हत्या अनुसन्धानमा संलग्न दुई प्रहरीको बढुवा भएको छ । उत्कृष्ट कार्य गर्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल दरबन्दीका प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर थापा प्रहरी नायव निरीक्षक (सई) मा र प्रहरी जवान नरबहादुर थापा प्रहरी हवल्दारमा पदोन्नति भएका हुन् । आफूलाई तोकिएको जिम्मेवारी पूर्ण निष्ठा र लगनका साथ सम्पादन गरी प्रहरी संगठनको प्रतिष्ठा र गौरव बढाउनमा उल्लेखनीय कार्य गरेको भन्दै उनीहरुलाई बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अन्य ५ जना प्रहरी कर्मचारीहरु नगद पुरस्कारद्वारा पुरस्कृत भएका छन् । असई पदम बहादुर थापाले बैतडी दोगडाकेदार गाउँपालिका ७ चडेपानीस्थित सनातन माध्यामिक विद्यालय बैतडीमा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको गत माघ २१ गते जबरजस्ती करणी पछि हत्या भएको घटना अनुसन्धान गरेका थिए । यस्तै, कैलाली धनगढी उपमहानगरपालिका १० जुगेडास्थित अस्थाई प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द विक तथा प्रहरी जवान रामबहादुर साउदलाई तस्करहरुको समूहले गत कात्तिक १ गते हत्या गरेको घटना र कञ्चनपुर पुनर्वास नगरपालिका १ बस्ने ७१ वर्षीया खण्टी भुलको गत पुस ११ गते भएको हत्यामा संलग्न प्रतिवादीलाई पक्राउ गर्न पनि थापाले भूमिका निर्वाह गरेका थिए । प्रहरी हवल्दार नरबहादुर थापाले उपरोक्त तीन वटै घटना तथा बझाङ मष्टा गाउँपालिकामा बालिका सम्झना विकको जबरजस्ती करणी पछि हत्या भएको घटना अनुसन्धानमा सक्रिय रुपमा खटिई प्रतिवादीलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । भागरथी हत्या घटनाको सफल अनुसन्धान तथा घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्ने कार्यमा खटिएका ५ जना प्रहरी कर्मचारीहरु नगद पुरस्कार प्रदान गरिएको छ । नगद पुरस्कार पाउनेमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तम राज सुवेदी, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो दरवन्दीका प्रहरी नायव उपरीक्षक पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरवन्दीका प्रहरी नायव निरीक्षक दुर्गाकुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरवन्दीका प्रहरी जवान अशोकबहादुर कुँवर रहेका छन् । बैतडी दोगडाकेदार ...

भागरथी हत्या प्रकरणका आरोपित प्रहरीद्वारा सार्वजनिक

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले आज सार्वजनिक गरेको छ । प्रहरीले पत्रकार सम्मेलन गरी भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत दिनेश भट्टलाई पक्राउ गरी सार्वजनिक गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा पत्रकार सम्मेलन […] The post भागरथी हत्या प्रकरणका आरोपित प्रहरीद्वारा सार्वजनिक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

भागरथी हत्या प्रकरण : विद्यार्थी त्रासमा

तडीको दोगडाकेदार गाउँपालिका–७ भाडिपुछडकी चाँदनी भट्ट साथी भागरथीको हत्यापछि धेरै दिन विद्यालय गइनन्। उनी, भागरथीले पढ्ने सनातन धर्म माविको कक्षा १२ की छात्रा हुन्। भागरथीले व्यवस्थापन विषयकी छात्रा थिइन्। चाँदनीले स्वास्थ्य विषय लिएकी छिन्। ‘अनिवार्य भएकाले अंग्रेजी बाहेकको कक्षामा भेट हुन्थेन, स्कुल लाग्नु र छुट्ने बेला मात्रै भेट हुन्थ्यो’, चाँदनीले भनिन्, ‘त्यो दिन (भागरथीको हत्या भएको दिन) बिहान स्कुलमा हेलोहाय मात्रै भयो।’ एउटै विद्यालयकी छात्रा भागरथीको हत्या भएपछि चाँदनी जस्तै अन्य छात्रा व...

भागरथी हत्या प्रकरण : शव दाहसंस्कार हुन सकेन, घटनाको नजिक पुगेकाे प्रहरीकाे दावी

बैतडी / बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको दोषी पत्ता लगाउन प्रहरीको सक्रियता र अनुसन्धान जारी रहेको छ । माघ २१ गते विद्यालय गएकोमा भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते विभत्स अवस्थामा स्थानीय लवलेक जङ्गलमा फेला परेकी थिइन् । “शंकास्पद व्यक्तिलाई सोधपुछ गर्दा, कलडिटेललगायतबाट आफूहरु घटनाको एकदमै... The post भागरथी हत्या प्रकरण : शव दाहसंस्कार हुन सकेन, घटनाको नजिक पुगेकाे प्रहरीकाे दावी appeared first on Purbeli News.

भागरथी हत्या प्रकरणमा निर्मलाको झल्को

धनगढी : सुदूरपश्चिमको कञ्चनपुरमा २०७५ साउन १० गते बिहान १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो। साथीको घर गएकी निर्मला साउन ११ गते बिहान नजिकैको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन्।उक्त घटनाले देश हल्लायो। अपराधीलाई कारबाही माग गर्दै लगातार प्रदर्शन भयो। प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर महेन्द्रनगरमा एक युवकको ज्यानसमेत गयो । अहिले पनि निर्मला प्रकरणलाई लिएर न्यायका लागि दबाब र आन्दोलनका कार्यक्रमहरू भइरहेका छन्।निर्मलाको बलात्कारपछि हत्या भएको दुई वर्ष बितिसक्दा समेत हत