काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारुढ गठबन्धनतर्फ संकेत गर्दै स्यालहरूको मोर्चा कसेर हात्तीको सिकार गर्न नसकिने बताएका छन् । आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नामै लिएर एमालेले जिताइदिएका जनप्रतिनिधिको कार्यकाल अब सकिएको बताएका हुन् । ‘प्रचण्डजी, हामीले बनाइदिएको भाँडो हेरेर बसिरहनुभएको छ, भाँडो त सिक्दिसक्यो […]