नेपाली काँग्रेसले कोरोना रोकथामका लागि केन्द्रदेखि गाउँसम्म सचेतना अभियान चलाउने भएको छ । आज आफनो निवास बूढानीलकण्ठमा पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सो कुराको जानकारी गराउनु भएको हो ।
सभापति देउवाले निषेधाज्ञाको कारण मारमा परेका श्रमिक र साना व्यवसायीलाई साहतका कार्यक्रम ल्याउन सरकारलाई आग्रह गर्नुभयो । कोरोनाको जोगिम बढेको भन्दै उहाँले आफना सवै कार्यकर्तालाई आफू पनि बच्न र अरुलाई पनि बचाउन उहाँले निर्देशन दिनुभयो ।